Monday, September 8, 2014

तरुणदलको आह्वानमा प्युठान बन्द

September 8
प्युठान । आफ्ना कार्यकर्तालाई कुखुरी प्रहार गर्नेलाई पक्राउ गरी सार्वजनिक गर्न माग गर्दै तरुणदल प्युठानले जिल्ला बन्द आह्वान गरेको छ । बन्दका कारण सोमबार बिहानै देखि जिल्लाबाट छुट्ने तथा भित्रने सम्पूर्ण यातायातका साधन अवरुद्ध भएका छन् ।

तरुण दलका नेता कार्यकर्ताहरु जिल्लाका मुख्यमुख्य चोक खलंगा, बाग्दुला, विजुवार, चेरनेटा, चकचके, मच्छी लगायत क्षेत्रमा जम्मा भएर सडक अवरुद्ध गराएका छन् ।

आईतबार साँझ तरुण दलको सदस्यता लिने भन्दै केहि युवाहरुले बोलाएर आफ्नो जिल्ला सदस्य विजुवार-६ का सनत कुमार श्रेष्ठ माथि खुकुरी प्रहार भएकाले दोषिहरुलाई पक्राउका लागि दबाब दिन अनिश्चितकालिन बन्द आव्हान गर्नु परेको तरुण दल प्यूठानका अध्यक्ष माधव भण्डारीले बताए ।

 एमाले निकट युवा संघका रम्दी-१ तिग्राका दिपक सापकोटाको टोलीले आक्रमण गरेको तरुण दलले जनाएको छ । यता युवा संघ प्यूठानका अध्यक्ष मोहमद हलिमले आरोपित व्यक्ति युवा संघको साधारण सदस्य समेत नरहेको भन्दै घटनामा युवासंघको संलग्नता नरहेको बताएका छन् ।

 खुकुरी प्रहार गर्नेहरुको खोजी भैरहेको प्यूठान प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि भन्दै दुई वटा मोटरसाइकललाई नियन्त्रणमा समेत लिएको छ ।

No comments: