Saturday, September 6, 2014

पृथ्वीनारायण शाहले गरेको एकीकरण सकारात्मक थियोः गोपाल किराती

September 5
काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता गोपाल किरातीले पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरण सकारात्मक रहेको बताएका छन् ।
 gopal-kirati
पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा संयुक्त राष्ट्रिय मोर्चाको संर्घषका कार्यक्रमको घोषणा गर्दै किरातीले पृथ्वीनारायण शाहले त्यतिबेला गरेको एकीकरण सकारात्मक र राम्रो भएको बताएका हुन् ।

 ‘पृथ्वीनारायण शाहको एकीकरणलाई हामीले सकारात्मक रुपमा लिन्छौं । तर, जातीय, क्षेत्रीय विविधतालाई सम्बोधन भएन,’ किरातीले भने-’त्यो सामन्तवादीकरण थियो ।

अब नयाँ ढंगले राष्ट्रिय एकीकरण गर्नुपर्छ ।’ साथै किरातीको नेतृत्वमा रहेको मोर्चाले पहिचानसहितको संविधान जारी गर्नुपर्ने दाबी गर्दै जारी नभए आन्दोलन गर्ने घोषणा गरेको छ ।

माओवादी आवद्ध विभिन्न ३५ जातीय मोर्चासम्मिलित उक्त मोर्चाले राष्ट्रिय एकीकरणको पक्षमा देशव्यापी जनप्रदर्शन गर्ने भएको छ ।

त्यस्तै मोर्चाले पहिचानसहितको संविधान निर्माण गर्न दबाब स्वरुप कांग्रेस, एमालेलगायतका दललाई विरोध पत्र दिने, घेराउ गर्ने लागयतका कार्यक्रम सार्वजनिक गरेको छ । नयाँ संविधान पहिचानसहितको नबने आगामी माघ ९ र १० गते देशभर आम हड्ताल गर्ने मोर्चाले जनाएको छ ।

No comments: