Friday, September 12, 2014

धर्म निरपेक्षता भए शान्तिबाटिकामै संविधान जलाउँछु : खुमबहादुर

September 12
काठमाडौं । नेपाली काग्रेसका नेता खुमबहादुर खड्काले धर्म निरपेक्षतासहितको संविधान जारी गरे भोली पल्टै राजधानीको शान्तिबाटिकामा जलाउने चेतावनी दिएका छन् ।  धर्मनिरपेक्षता जनआन्दोलनको म्याण्डेड नभएको भन्दै उनले बहुमतको आधारमा धर्मनिरपेक्षता लागू गरिए संविधान जलाउने चेतावनी दिए ।
Khum-bahadur
 Khum-bahadur
रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा खड्काले अब बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकमा नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने र संघियता विनाको संविधान जारी गर्नुपर्ने प्रस्ताव पेश गर्ने जानकारी दिए ।

 ८१ दशमलब ५ प्रतिशत जनता हिन्दु भएको मुलुकमा काग्रेसले धर्म निरपेक्षतामा गएर गल्ती गरेको भन्दै उनले धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र हुनु पर्ने माग गरे । खड्काले अहिले पेलेर धर्म निरपेक्षता घोषणा गरिए पनि आगामी दश-बाह्र वर्षभित्र मुलुक धार्मिक द्वन्द्वमा फस्ने चेतावनी दिए । कांग्रेस सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलपनि कोठाभित्र हिन्दु धर्मकै पक्षमा रहे पनि बाहिर बोल्न नसकेको उनकेा दावी छ ।

 संघीयताले मुलुकको हित नगर्ने भन्दै उनले उनले संघीयतामा जानै पर्ने भए पनि अहिलेको पाँच विकास क्षेत्रलाई पाँच प्रदेश मानेर उत्तर-दक्षिण संघीयतामा भौगोलिक आधारमै जानु पर्ने धारणा राखे । सरकारमा एमाले हावी सरकारले अहिलेसम्म कुनै गतिलो काम गर्न नसकेको टिप्पणी गर्दै यहि गतिमा अघि बढे कांग्रेसको अस्तित्व नै समाप्त हुने दावी गरे ।

 उनले भने-‘यो सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री सुष्मा स्वराजलाई नेपाल ल्याउनु बाहेक कुनै काम गर्न सकेको छैन । सरकारमा एमाले हावी छ ।’ यस्तै तालले देश वामपन्थीको कब्जामा जाने र अर्को चुनावमा एमालेले बहुमतसहित सरकार बनाउने उनको दावी थियो । यद्यपि उनले एमाओवादी भने अझै समाप्त भएर जाने दावी गरे । उनले भने-‘प्रचण्ड नाङ्गिसकेका छन् ।’

No comments: