September 12
काठमाडौं । सर्वपक्षीय राजनीतिक सभा भदौ ३१ गते हुने भएको छ । चार दलीय कार्यदलले राजनीतिक सभाको मिति तय गरेको हो । राजनीतिक सभा ३१ गते विहान साढे ८ बजे संविधानसभा भवन नयाँबानेश्वरमा हुनेछ ।
‘संविधानसभा भवनमा बैठक बस्ने भएपछि अरु विषयमा छलफल हुने कुरा भएन’ कार्यदल सदस्य अग्नि खरेलले अनलाइनखबरसँग भने-‘संविधानसभामा भएका ३१ दल सहभागी हुन्छन् ।
बैद्य माओवादीको ३३ दलीय मोर्चामा भएका दलसहित क-कसलाई सहभागी गराउने भोलि टुङ्गो लाग्नेछ ।’ कार्यदलले गरेको सहमतिलाई शीर्ष नेताहरुले अन्तिम रुप दिन भने बाँकी छ । यसअघि कांग्रेस र एमालेले ३१ गते गर्ने प्रस्ताव गरेको थियो । तर, बैद्य माओवादीले १ गते गर्नु पर्ने अडान राखेको थियो ।

No comments:
Post a Comment