Tuesday, September 2, 2014

साउदीमा नेपाल कामदार पयाँगुको अज्ञात रोगबाट मृत्यु


September 2
काठमाडौं । बैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका मोरङ पथ्री शनिस्चरेका ४५ वर्षीय मेघनाथ पयाँगुको साउदी अरबको ताबुकमा मृत्यु भएको छ ।payagu बिगत ६ वर्षदेखि अल मजाज अल अरबी कम्पनी मार्फत डुल्बा ट्रेडिङ एण्ड कन्ट्राक्टिङ कम्पनीमा कार्यरत पयाँगुको शनिवा मृत्यु भएको हो । उनीसँगै काम गर्ने साथीहरुको अनुसार उनी शुक्रवार विहानैदेखि छाती दुख्यो भनेर बिरामी परेका थिए । शनिवार कम्पनीले स्थानीय पोलिक्लिनिकमा उपचार गराउन लैजान मृत्यु भएको साउदीबाट सन्चारकर्मी राममणी अधिकारीले जानकारी दिएका छन् । मृतक पयाँगुका दुई छोरी र एक छोरा रहेको बताइएको छ । हालको उनको शव किङ्ग फहाद अस्पतालमा राखिएको छ । शव नेपाल फर्काउन गैरआवासीय नेपाली संघ कक्षेत्रीय समन्वय परिषद ताबुक साउदी अरबले दूतावासलाई जानकारी गराइसकेको उनले बताए । साउदीमा यसरी अज्ञात प्रकारका रोग लागेर नेपाली कामदारको मृत्यु हुने क्रम बढेको छ ।

No comments: