Sunday, September 21, 2014

एनआरएनए कपको उपाधि मेचिकालीलाई

September 21
मेचिकाली जनजागृति युवा क्लबले एनआरएन कप २०१४को उपाधि जितेको छ। शुक्रबार कतारको अलअरबी स्पोर्टस् क्लबको खेलमैदानमा भएको प्रतियोगितामा नारायणगोपाल आइएफलाई३-० गोलले हराउँदै मेचिकालीले नगद २ लाख सहित कप पाएको हो।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले आयोजनामा गरेको प्रतियोगितामा उपिध विजेता मेचिकाली जनजागृति फुटवल टिमले कतारी रियल १० हजार (करिब दुई लाख सत्तरी हजार) बराबरको नगद पुरस्कार साथै ट्रफी पाएको थियो।
यस्तै उपविजेता नारायणगोपाल आईएएफ फुटवल टिमले कतारी रियल ५ हजार (करिब १ लाख २५  हजार) बराबरको नगद पुरस्कार र ट्रफीमा चित्त बुजाएको थियो।
यस्तै प्रतियोगितामा तेस्रो भएको टिम मकालु ब्लायक क्याटले कतारी रियल ३ हजार (करिब रु ८०  हजार) र ट्रफी पाएको थियो।
 अलअरवी क्लवको स्टेडियममा सम्पन्न भएको फाईनल खेलमा मेचिकाली जनजागृति टिमका सन्दीप तामाङ एक्लैले २ गोल गरेका थिए भने लाक्पा शेर्पाले १ गोल गरेका थिए।
खेलमा म्यान अफ द म्याच मेचिकाली जनजागृतिका महेश तामाङ भए| यस्तै धेरै गोल गर्दै बेस्ट स्कोरर अवार्ड मकालु ब्ल्याक क्याट टीमका मनोज शाही भए।  बेस्ट प्लेयर ओफ द टुर्नामेन्ट मेचीकालीका बाबुल हस्त र  बेस्ट गोलकिपर मेचीकालीकै जितेन्द्र बिक भए।

No comments: