September 18
संविधानसभा बाहिर रहेको प्रमुख शक्ति नेकपा-माओवादीको आन्तरिक विवाद चुलिदै गएको छ । आजको कान्तिपुर दैनिक लेख्छ दुई लाइन संघर्षको प्रभाव पार्टीको आन्तरिक संगठनमा मात्र नभई बाह्य राजनीतिमा समेत देखिएको छ ।
विवादकै कारण आफ्नै माग अनुसार प्रमुख दलहरुले तय गरेको राजनीतिक सम्मेलन बहिस्कार भएको दावी पार्टी नेताहरुले गरेका छन् । आन्तरिक विवादको परिणाम स्वरुप बुधवार पार्टी अध्यक्ष मोहन वैद्यले सम्बोधन गरेको एक कार्यक्रममा समेत नेताहरुको अर्को समूह सहभागी भएन ।
ुपार्टी पदाधिकारीबीच विवाद पहिले विचार समूहमा मात्र केन्द्रित थियो । अहिले चाहिं छर्लङ्गै देखिन थालेको छु, राजनीतिक सम्मेलनमा समेत त्यसको प्रभाव देखिएको दावी गर्दै एक केन्द्रीय नेताले बताए ।
पदाधिकारीबीच मूलतः महासचिव रामबहादुर थापा र सचिव नेत्रविक्रम चन्दले दुई धारको नेतृत्व गरेका छन् । एक वर्षदेखि नै दुई समूहबीच विचारसमूहकै विवाद चलिरहेकोमा पछिल्लो समय चन्द पक्षीय एक केन्द्रीय सदस्यमाथि कारवाही भएपछि अर्को पक्ष रुष्ट बनेको हो ।
पार्टीको केन्द्रीय स्कुल विभागले कुपण्डोलमा आयोजना गरेको प्रशिक्षणमा अध्यक्ष वैद्य नै प्रमुख वक्ता थिए । नेवा र ताम्सालिङ्ग राज्यका नेता(कार्यकर्तालाई दिइएको उक्त प्रशिक्षणमा चन्द समूहका नेता सहभागी भएनन् । उनीहरुले चन्द पक्षीय केन्द्रीय सदस्य अनिल शर्मालाई महासचिव थापाले पूर्वाग्रही ढंगले निलम्बन गरेको भन्दै विरोधमा बहिस्कार गरेका थिए ।
ुअनिलजीमाथि पूर्वाग्रह राखि कारवाही भयो भन्ने हाम्रो निष्कर्ष हो । त्यसैले साथीहरु प्रशिक्षणमा सहभागी भएनन्, चन्द पक्षकै पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्माले जानकारी दिए । पार्टीभित्र नेपाली क्रान्तिलाई हेर्ने सन्दर्भमा २ लाइन संघर्ष र बहस भइरहेको उल्लेख गर्दै त्यसैका आधारमा नेतृत्वले कसैलाई काखा कसैलाई पाखा गर्न नहुने उनको धारणा थियो ।

No comments:
Post a Comment