September 18
माथिल्लो कर्णाली जलविद्युत परियोजना प्रर्वद्धक कम्पनी जीएमआरसँग आयोना विकास संझौता पीडीए गर्न सहमति जुटेको छ । आजको कान्तिपुर दैनिक लेख्छ, सत्तारुढ दल कांग्रेस र एमालेबीच भएको दफाबार छलफलपछि पीडीए प्रस्तावमा थप प्रष्ट पार्ने गरी संझौता गर्ने सहमति जुटेको हो ।
सहमति जुटे लगत्तै प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष सुशील कोइरालाको नेतृत्वमा बसेको बोर्डको बैठकले जीएमआरसँग संझौता गर्ने निर्णय गरेको छ । बैठकपछि बोर्डद्धारा जारी बिज्ञप्तिमा भनिएको छ, यसले देश तथा विदेशमा नेपाल प्रत्यक्ष वैदेशिक लगानीका लागि उपयुक्त स्थल भएको समाचार प्राहित हुने आशा लिएको छु ।
No comments:
Post a Comment