Monday, September 15, 2014

ट्याक्सीचालकको दादागिरी

September 15
पन्चर चक्का फेनेै विवादमा ट्याक्सीचालक र ट्राफिक प्रहरीबीच भनाभन हुदाँ बिजुलीबजार सडकखण्मा आइतबार बिहान आधा घन्टा भन्दा बढी जाम भयो । ट्राफिक प्रहरी केष्ण उपाध्यायले बा १ ज २१३१ नम्बरको ट्याक्सीचालक मानबहादुर खातीलाई सडकबाट थोरै साइट लगाएर टायर फेर्न आग्रह गर्दा भनाभन भएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचारमा छ ।
चालकले ट्याक्सी सडकमै तेर्स्याएर राख्दा ट्राफिक जाम भएको थियो । चालकले विवाद गर्न थालेपछि भिड लागेको थियो । यो प्रतिनिधिमुलुक घटना मात्र हो । केही दिन अघि गंगबुमा मिटर जान नमान्दा चालकको जमातले नै ट्राफिक प्रहरीलाई घेरेका थिए । प्रहरी महाशाखाका अनुसार सबैभन्दा बढी ट्राफिक नियम मिच्ने ट्याक्सी चालक हुन् । अहिले उपत्यकामा ८ हजार ट्याक्सी गुड्दछन् ।

No comments: