September 15
नेपाल मेडिकल काउन्सिलले त्रिभुवन विश्वविद्यालय त्रिवि अन्तर्गतका मेडिकल कलेजको एमबिबिएस सिट संख्या घटाएको छ ।
आजको नागरिक दैनिक लेख्छ, काठमाडौं विश्वविद्यालय केयुमा भने अधिकांश सिट संख्या यथावत राखिएको छ । शुक्रबार बसेको काउसिन्ल फ्याकल्टी बोर्ड बैठकले केयु अन्तर्गत सबैभन्दा कमजोर पूर्वाधार भएको भनिएको विराटनगरस्थित नोवेल लगायत ६ वटा मेडिकल कलेजलाई १ सय ५० सिट दिएको छ ।
पाल्पास्थित लुम्बिनी मेडिकल कलेजको भने १० सिट घटाएको छ । पहिला उसले १ सय १० सिट पाएको थियो । त्रिवि अन्तर्गतका नेसनल मेडिकलको २५, युनिभर्सलको १५, चितवनको १० सिट घटाएको छ ।
No comments:
Post a Comment