September 4
काठमाडौं । सरकारले ६ देशका लागि नेपाली राजदूत नियुक्तिको सिफारिस गरेको छ । सिफारिस भएका सबै करिअर डिप्लोम्याट हुन् । तर, भारत, अमेरिका, बेलायत सहितका महत्वपूर्ण देशमा भने हुन सकेन । ती देशमा राजनीतिक दलको कोटाबाट नियुक्ति गरिने स्रोतले जनाएको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले परराष्ट्र मन्त्रालयका ६ सहसचिवलाई राजदूत सिफारिस गरेको हो । दीपक धिताललाई जेनेभास्थित स्थायी नेपाली नियोगको प्रतिनिधिमा नियुक्त गर्न सिफारिस गरिएको छ ।यस्तै खगनाथ अधिकारीलाई थाइल्याण्ड, यज्ञबहादुर हमाललाई कुवेत, कालीप्रसाद पोखरेललाई क्यानडा, अमृत राईलाई दक्षिण अफि्रका र अम्बिकादेवी लुइटेललाई फ्रान्सको राजदूतमा सिफारिस गरिएको छ ।
वरिष्ठताका आधारमा सिफारिस भएका अर्जुनकान्त मैनाली भने परेनन् । परराष्ट्र मन्त्री महेन्द्रवहादुर पाण्डेले सिफारिस गरेका ६ मध्ये मैनालीका ठाउँमा कांग्रेसका मन्त्रीहरुको समर्थन पाएका यज्ञबहादुर हमालले अवसर पाएका छन् । कांग्रेसले यज्ञबहादुर हमाल र दुर्गाबहादुर क्षेत्रीको नाममा जोडबल गरे लिए पनि मन्त्री पाण्डेले क्षेत्री सबैभन्दा कनिष्ठ सहसचिव भएकाले कुनै हालतमा नहुने अडान राखेको स्रोतले जनाएको छ । अब संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राजदूत नियुक्त हुनेछन् ।
नेपालको कूटनीतिक सम्बन्ध रहेका देशमध्ये ३२ देशमा दूताबास छ तर, १६ देशमा राजदूत छैनन् । राजदूत नियुक्तिमा प्रधानमन्त्री सहित कांग्रेस मन्त्रीहरुले बखेडा निकालेको भन्दै मन्त्री पाण्डेले अशन्तुष्टि जनाएका थिए । अब अमेरिका, भारत, बेलायत, जर्मनी, इजिप्ट, कतार, श्रीलंका र ब्राजिलमा राजदूत सिफारिस हुन बाँकी छ । त्यस्तै बहराई र ओमानमा पनि राजदूतावास स्तरोन्नति भएकाले त्यहाँ सहित १० देशमा राजनीतिक नियुक्तिबाट राजदूत पठाइने भएको छ ।

No comments:
Post a Comment