September 6
राजधानीबाट शनिबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले संविधानसभा कार्यतालिका हेरेफेर गर्ने तयारी रहेको, म्याद थपका विषयमा दलहरुबीच चर्को मतभेद रहेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।नयाँ पत्रिकाले
कांग्रेसका बुढाहरुकै बाहुल्यता रहेको, नौवटा बैंकमा एन्फाका १६ खाता रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ । नागरिक दैनिकले रोगी अस्पताल र शंकालु विरामीको समाचारलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण पोस्टले
एक्लै यार्सा टिप्न जानेसँग बोल्दा १ लाख रुपैयाँसम्म जरिबाना लिइने खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले
संविधान नबनाउने खेल सुरु भएको, अनियमिततामा सचिव मुछिएको, बाढीपहिरो पीडितले आलो घाउमा नुनचुक दलेर फर्कने गरेको गुनासो गरेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नेपाल समाचारपत्रले
बाबु कंगोबाट फर्किदा बच्चालाई सजाय दिइएको, अध्यक्ष र सदस्य छान्नलाई नै २ महिना लागेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
No comments:
Post a Comment