Monday, September 8, 2014

सोमवारको पत्रिकामा बिजनेश खबर

September 8
सोमवार राजधानीबाट प्रकाशित भएका आर्थिक क्षेत्रका पत्रिकाहरुले सेयर बजारमा गिरावट हुँदै आएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

कारोबार दैनिकले
  ‘साना लगानीकर्ता आत्तिदा सेयर बजारमा उच्च गिरावट’ शीर्षकमा खबर छापेको छ ।
साताको पहिलो दिन नै सवैलाई झस्क्याउने गरी सेयर बजारमा उच्च गिरावट आएको छ । यस्तै, आर्थिक वृद्धि ४.६ प्रतिशत-मुद्रास्फीति ९.५ प्रतिशत रहेका एडीबीको प्रक्षेपण, एक वर्षमै हस्तकला निकासी एक अर्ब बढ्यो, वर्षाले ३५ हजार हेक्टर क्षेत्रको बाली नष्ट, सार्क सम्मेलन सुरक्षामा चीनले दियो १० करोडको उपकरण, सुपारी कृषकको आन्दोलनमा गैरब्यवसायी लगायतको खबर कारोबार दैनिकमा छ । karobar-eco

अन्नपूर्ण पोष्टले
 ‘ठोस कारणबिनै घट्दैछ सेयर बजार’ शीर्षकमा मुख्य खबर छापेको छ । सेयर बजार घटने मुख्य कारण बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्तालाई दिने उच्च ब्याजदर हो तर अधिकांश बाणिज्य वैंकले निक्षेपमा दुई प्रतिशतदेखि पाँच प्रतिशतसम्म मात्र ब्याज दिएकोले बजार ओरालो लाग्नुपर्ने कारण भने छैन । यस्तै, दसैं तिहारका लागि ७१ स्थानमा सुपथ मूल्य पसल, भारतले पाइपलाइन विस्तार गर्न जग्गा माग्यो, धराशयी बन्दै कुखुरापालन ब्यवसाय, धनगढीमा खुल्यो हवाईजहाज संग्राहलय लगायतका खबर अन्नपूर्ण पोष्टमा छ । annpurna-eco

 आर्थिक दैनिकले ‘अबौर्ैंको सरकारी जमीनमा संघाई ग्रुपको लुट’ शीर्षकमा मुख्य खबर छापेको छ । नेपाल चिया विकास निगमलार्य संघाइ ग्रुपको जिम्मा लगाउने क्रममा सरकारले ४१ हजार रोपनी भन्दा बढी जग्गा सित्तैमा संघाई ग्रुपलाई हस्तान्तरण गरेको र उक्त जग्गामा सुभाष संघाईले कब्जा जमाउँदै आएका छन् । यस्तै, निर्माण ब्यवसायीको खर्चमा सार्वजनिक खरिदको अध्ययन गर्न संसदको समिति विदेश भ्रमणमा, प्रबन्ध निर्देशक नियुक्तिविरुद्ध टेलिकमका प्राविधिक कर्मचारी आन्दोलनमा, यातायातमा स्मार्टकार्ड लागू गर्नेबारे अझै अन्यौल, दुई ब्रोकर कम्पनीको कारोवार रोक्का, स्थानीय निकायलाई कर तिर्न आनाकानी, विराटनगरको बन्द क्यासिनो पुनः सञ्चालनमा लगायतको खबर आर्थिक दैनिकमा छ ।arthik-eco

 नागरिक दैनिकले ‘राष्ट्र संघले तोड्यो श्रीसँगको ठेक्का’ शीर्षकमा मुख्य खबर छापेको छ । युरोपले नेपालका वायुसेवा कम्पनीलाई कालोसूचीमा राखेपछिको नकारात्मक असर प्रष्ट रुपमा देखिएको छ । यसको पहिलो शिकार निजी क्षेत्रको प्रमुख हेलिकोप्टर सेवा प्रदायक कम्पनी श्री एयरलाईन्स भएको छ । यस्तै, ग्याँस हड्ताल फिर्ता आपूर्ति तत्कालै सहज हुने, चालु वर्षको आर्थिक वृद्धिदर ४.६ प्रतिशत, पाइपलाईनलाई जग्गा उपलब्ध गराईदिन आग्रह, ओरालो लाग्दै कुखुराको भाउ लगायतको खबर नागरिक दैनिकमा छ ।2

No comments: