Tuesday, September 9, 2014

श्रीमानको मृत्युको पीडाले श्रीमतिले आत्महत्या गरिन्

September 9
उदयपुर । कतारमा मृत्यु भएको श्रीमानको शव घरमा ल्याएकै दिन पीडा सहन नसकेर जिल्लाका त्रियुगा नगरपालिका-१७ गैरुनकी एक महिलाले सोमबार घरभित्र विष सेवन गरेर आत्महत्या गरेकी छिन् ।

 गैरुनको २४ वर्षकी संगीता बातर (सदा)ले सोमबार श्रीमान्को शव घरमा ल्याएपछि घरभित्र नै विष सेवन गरेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

 वैदेशिक रोजगारमा कतारमा काम गर्दै आएका संगीताका श्रीमान् ३४ वर्षका हरि सदाको गत साउन २५ गते कतारमा भवन निर्माण गर्ने क्रममा ६ तलाको भवनबाट लडेर मृत्यु भएको थियो ।

संगीताले आत्महत्या गरेपछि श्रीमान् तथा श्रीमती दुवैको शवलाई सोमबार नै प्रहरीले शवपरीक्षण गरेर आफन्तलाई जिम्मा लगाएको प्रहरी नायब उपरीक्षक जयराम सापकोटाले जानकारी दिए ।

 आमाबुबा दुवैको मृत्युपछि उनीहरूका ६ महिनाको छोरो उत्तम तथा ८ वर्षकी छोरी उषा बिचल्लीमा परेको संगीताकी दिदी ईश्वरी सदाले बताइन् । रासस

No comments: