Tuesday, September 9, 2014

नीताका लागि डीसीले भित्राए नयाँ हिरो, स्टेजमै अंकमाल

September 9
२१ बर्ष लामो चलचित्र यात्रामा निर्देशक तथा कलाकार दीनेश डीसी पहिलो पटक निर्माता बनेका छन् । उनले निर्माण तथा निर्देशन गर्न लागेको पहिलो चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’को काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा शुभसाइत गरिएको छ ।

 एकिकृत नेकपा माओवादीका नेता टोपबहादुर रायमाझी, नेकपा एमालेका नेता गोकर्ण बिष्ट र उद्योगपति निर्वाण चौधरीले डीसीको सिनेमालाई शुभकामना दिए । नेता रायमाझीले आफ्नो छोरालाई हिरो बनाउँने चाहना राख्दै गर्दा गोकर्ण बिष्टले भने टोपबहादुरलाई नै हिरो बन्न प्रस्ताव गरे ।

दुइको ठट्टाले कार्यक्रम हल केही समय रमाइलो वातावरणले गुञ्जियो । नायिका नीता ढुंगानालाई चलचित्रका नयाँ कलाकार आमेश भण्डारीले रातो गुलाब दिदै प्रपोज गरे । नीता पनि आमेशको अंगालोमा वाधिइन् ।

आफूले खोजेजस्तै पात्र भएकाले आमेशलाई सिनेमामा लिएको डीसीको भनाई थियो । असोज १ गतेदेखि छायांकनमा जान लागेको सिनेमाले प्रेम र कमेडीको रमाइलो कथा बोकेको निर्देशक तथा निर्माता डीसीले बताए । चलचित्रमा राजेश हमाल, निर शाह, करिश्मा मानन्धर जस्ता कलाकारले विशेष भूमिकामा काम गर्नेछन् । चलचित्र ‘द दीनेश डीसी प्रोडक्शन’को ब्यानरमा निर्माण हुन लागेको हो ।

No comments: