Tuesday, September 9, 2014

दक्षिण भारतीय सिनेमा खेल्दै राजेश हमाल

September 9
काठमाडौं । केही वातावरणवादीसँगै बागमति सफाईमा सहभागी भएका अभिनेता राजेश हमालले अब ‘रिल लाईफ’ मा पनि बागमति सफा गर्ने भएका छन् ।

 दक्षिण भारतमा फिल्म बनाउँदै आएको एउटा समूहले नेपालमा बागमतिमाथि फिल्म बनाउने तयारी भएपछि हमालले रिलमा बागमति सफा गर्ने पक्का भएको हो ।

केही कानुनी प्रकृया बाँकी रहेकाले निर्माण संस्थाले फिल्मको निर्देशकको नाम सार्वजनिक गरेको छैन् । तर, मुख्य भुमिका नेपाली कलाकारले निर्वाह गर्ने पक्का भएको छ । हमालको अतिरिक्त शिब श्रेष्ठ, दयाहाङ राई, केकी अधिकारी लगायतले पनि फिल्ममा मुख्य भूमिका निर्वाह गर्ने छन् ।

 बागमति काठमाडौको अमूल्य सम्पदा भएपनि मानविय अतिक्रमणको चपेटामा परेपछि बागमतिका विषयमा चिन्ता सुरु भएको छ । साथै बागमतिको सफाईमा जुट्नेहरु पनि बढिरहेका छन् ।

No comments: