August 30
शिक्षा मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालिम विकास अभिवृद्धि परियोजना इभेन्टले कर्णाली प्राविधिक शिक्षालय जुम्लाको संस्था सुधारका लागि रु ६६ लाख सहयोग गर्ने भएको छ ।
यसमा शिक्षालय स्वयम्ले आन्तरिक स्रोतबाट रु ३३ लाख र परियोजनाले रु ६६ लाख सहयोग गर्ने भएपछि दुई पक्षीय सम्झौताअनुसार रु ९९ लाख अनुदान रकम स्वीकृत भएको कामु शिक्षालय प्रमुख टेकेन्द्र थापाले जानकारी दिनुभयो ।
अनुदान रकमअन्तर्गत औजार तथा सामग्रीमा रु २४ लाख ७५ हजार र शिक्षण तथा सिकाइ सामग्रीमा रु ४९ लाख ५० हजार खर्च भएको थापाले बताउनुभयो । शिक्षालयले अहिलेसम्म शिक्षक, विद्यार्थी तथा शिक्षालयको प्रयोजनका लागि आएका सामग्रीको पनि अवलोकन गराएको थियो । हाल सो शिक्षालयले रु ७३ लाख १७ हजार ८८० रकमको टेन्डर गराइसकेको छ ।
No comments:
Post a Comment