Saturday, August 30, 2014

मलेसिया कुलाईमा रहेको जेसिवाई कम्पनी हिजोबाट सुचारु

August 30

malesiyaबिगत दुई दिनबाट आन्दोलनमा उत्रिएका सयुक्त आन्दोलनमा रहेको मजदुरले राखेको माग कम्पनीले सहि मानी पुर्ण रूपमा पुरा गर्ने प्रतिबद्धता जाहेर गरे पछि हिजोबाट कम्पनीको दैनिककाम सुचारु भएको छ । नेपाली राजदूतबास तथा कम्पनी र आन्दोलनमा रहेको नेपाली, बङ्गाली लगायतको सयुक्त सम्झौतामा लिखित सहमति पश्चात आन्दोलनको सबै कार्यक्रम फिर्ता लिएर कार्यरत मजदुरले कामको सुरुवात गरेका छन् । दुई दिनमा भएको आगजनी तोडफोडमा लाखौंको नोक्सानी भएको कम्पनीले जनाएको छ । जे भए पनि कम्पनीले सम्पुर्ण रुपमा सहयोग गर्न र अबको दिनमा येस्तो कतैबाट कमजोरी नहोस् भनी कम्पनीको पधाधिकारीले मजदुरसामु विशेष अनुरोध र कम्पनीले पनि नगर्ने कुरामा सयुक्त लिखित सम्झौता भएको थियो । आन्दोलनको क्रममा नेपाली ४० जना र २ बङ्गादेशी मजदुर पुलिसले गिरफ्तार गरेको थियो । कम्पनीमा अराजकता गतिविधिमा सङ्लग्न भएको आरोपमा पुलिसले गिरफ्तार गरे पनि सबै ४२ जना कम्पनीले काम सुचारु गर्न साथ छुटाउने उल्लेख भएको छ । आन्दोलनले मलेसिया सरकार निकै गम्भीर भएको र त्यसको बारेमा छानबिन समेत हुन सक्ने यहाँका अधिकारीले बताएका छन । ताप्लेजुङ जिल्लाका हर्कबहादुर निरौलाको उपचार नपाई मृत्यु भएको विषयले जिसिवाई कम्पनीमा आन्दोलनले उग्ररुप लिएको थियो । आन्दोलनमा ४० नेपाली मजदुरलाई यहाँका सुरक्षाकर्मी पुलिसले लाठीचार्ज साथै गिरफ्तार समेत गरेको थियो । सुरुमा मलेसियाको जोहोर बारु राज्यको तिब्राउमा रहेको होस्टेलबाट आन्दोलन सुरु भएको थियो तीन दिनको आन्दोलन पछि कम्पनी र तिब्राउ को आन्दोलनरत नेपाली बीच सहमति भए पछी काममा फर्केका थिए । तर जेसिवाई कम्पनीको कुलाईमा भने आन्दोलनले बिकराल रूपमा परिनत हुन पुग्यो । नेपाली मजदुर बाट सुरु भएको आन्दोलनमा माग जायज मानेर बङ्गदेशी लगायत कम्पनी मा कार्यरत सम्पुर्ण सदस्य सयुक्त आन्दोलनमा उत्रेका थिए । उक्त आन्दोलनले कम्पनीले करोडौं घाटा साथै लाखौं क्षत समेत बेहोर्नु परेको कम्पनीको अधिकारिले जनाएका छन् |

No comments: