क्रेनले ट्रक र टिपर हटाएर बाटो खुलाइयो
August 30
शुक्रबार बिहान ९ बजेदेखि ट्रक र टिपर तेस्र्याएर अवरुद्ध पारिएको कोटेश्वर-बानेश्वर र कोटेश्वरबाट गौशाला तर्फको अबरुद्ध भएको सडक प्रहरीले क्रेनबाट टिपरहरु हटाएपछि बाटो खुलेको छ ।
समाचार अनसार क्रेनको सहायताले बाटोमा राखिएको टिपरहरु हटाएर बाटो खुलाइएको हो । बिहान ९ बजेदेखि रोकिएको सवारी साधन सञ्चालन हुन थालेको छ ।
सरकारले ढुंगा, गिट्टीको निकासीमा प्रतिबन्ध लगाएपछि नेपाल ट्रक तथा टिपर यातायात व्यवसायी महासंघले शुक्रबार ट्रक तथा टिपर तिनकुनेस्थित सडकमै तेर्स्याएर आन्दोलन गरेका हुन् ।
उनीहरुले निर्माण सामग्रीको सहज आपूर्तिको माग गर्दै आन्दोलन गर्दै आएका छन् । प्रहरीले पटकपटक अबरुद्ध बाटो खुलाउने प्रयास गरे पनि असफल भएकोा थियो । १२ बजेसम्म सडक खुलाउन सकिएको थिएन ।
तिनकुनेबाट तीनतीर जाने सडकमा ५० भन्दा बढी टिपर सडकमा तेर्स्याइएको छ । आन्दोलनकारी मजदुर र प्रहरीबीच झडप समेत भएको थियो ।
प्रहरीमाथि तीनकुने चौरमा बसेका आन्दोलनकारी मजदुरले ढुंगा हानेपछि प्रहरीले उनीहरुको पाल समेत हटाएको थियो । साथै कतिपय मजदुरलाई नियन्त्रणमा समेत लिएको छ ।
No comments:
Post a Comment