30 August
तपाईंहरुकै एक मात्र अन्लाईन खबर साईट घटना र बिचार.कम, हरपल हरछेण रह्नुस अप्डेट घटना र बिचार.कमसँग
Saturday, August 30, 2014
नागोयामा विशेष कार्यक्रमका साथ तीज मनाइयो(फोटो फिचर)
30 August
नेपाली चेलीको महान चाड हरितालिका तिज को उपलक्ष्यमा यस वर्ष पनि नागोयामा विभिन्न संघ सस्थाले सस्थागत रुपमा र कतै समुहगतरुपमा तिज बिशेष कार्यक्रमहरु गरि सम्पन्न भएको छ | सस्थागत रुपमा अगष्ट २६ गते मंगलवार गल्कोट समाज जापान र एन आर एन जापान, तोकाई होकुरिकुको सयुक्त आयोजनामा तिज बिशेष कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो ।
एन आर एन आइ सी सी का उपाध्यक्ष भवन भट्ट को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एसिया प्यासिफिक उपसंयोजक गोबिन्द श्रेष्ठ बिशिस्ट अतिथि, आइ सी सी सदस्य भुषण घिमिरे बिशेष अतिथि तथा अतिथिहरुमा एनआरएन जापानका अध्यक्ष पारस मणि पोख्रेल, समाजका निबर्तमान अध्यक्ष मोहन खत्री, एन आर एन सल्लाहकार महेश श्रेष्ठ, एसिया प्यासिफिकका पुर्व उपसंयोजक किरण बिक्रम थापा, एन आर एन जापन उपाध्यक्ष सुदन श्रेष्ठ, गुल्मी समाज जापान अध्यक्ष राजु ढकाल, एन आर एन जापानका प्रवक्ता एबम टोक्यो नेपाल डटकमका सम्पादक सन्देश पोखरेल, एन आर एन जापानका कोषाध्यक्ष दिपक थापा, गुल्मी समाज जापानका उपाध्यक्ष डिलाराम खरेल, लगाएत बिभिन्न संघ सस्थाका प्रतिनिधिको आतिथ्यता रहेको थियो ।
सम्पूर्ण अतिथि कलाकार एबम उपस्थित दर्शकहरुलाई समाजका उपाध्यक्ष याम खत्रीले स्वागत गर्दै स्वागत मन्तब्य राखिएको कार्यक्रममा एन आर एन तोकाई होकुरिकुका संयोजक बिष्णु प्रसाद घिमिरेले धन्यबाद मन्तब्य व्यक्त गर्नु भएको थियो | कार्यक्रममा गल्कोट समाज जापानका का.बा.अध्यक्ष नर बहादुर थापाको सभापत्तिव र सस्थाकि सदस्य कालिका थापाको संचालनमा सम्पन्न भएको थियो ।
Labels:
मनोरन्जन/टिप्स
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment