Saturday, August 30, 2014

बिश्वास गर्नुस :चलचित्र ‘कोहिनूरमा ‘श्री’को आवाज नै छैन


shree-sweta30 August

बिश्वास गर्नुस :चलचित्र ‘कोहिनूरमा ‘श्री’को आवाज नै छैन नेपाली चलचित्र इतिहासमा अहिलेसम्म कायम रहेका सबै रेकर्ड ब्रेक गर्न सफल स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र लाई दर्शक श्रोताले ‘श्री’को श्रदान्जलि र स्वेताको सहानुभतिको निम्ति अत्यधिक मन पराइदिए । शुक्रबार सम्म मुलुकका ८० ओटा पर्दामा चलेको फिल्म ‘कोहिनूर’ चौथो हप्तामा हाउसफुलका साथ साधारण तथा मल्टीप्लेक्स हलमा प्रदर्शित छ । फिल्म उती साह्रै ‘ओहो’ भन्ने नभए पनि यसले उठाएको ‘चेलीबेटी बेचबिखन’ मुद्दामा आधारित फिल्म ‘कोहिनुर’मा शासक बर्ग,प्रहरी र अपराधी बिचको सम्बन्धले समाजमा पारेको प्रभाब बारे देखाइएको छ । यसकारण पनी सु-सभ्य समाज निर्माणमा चासो राख्नेहरुको निम्ति, यो फिल्म हेर्न लायक छ । नेपाली फिल्म इन्डस्ट्रीकै रेकर्ड ब्रेक हुने गरी माया गरेका दर्शकलाई ‘श्री’ले भने आफ्नो ‘अभिनय’ मात्र सुम्पेर गए आवाज दिएनन वा सकेनन । जसका कारण फिल्ममा उनको आवाज आऊन सकेन । फिल्म कोहिनूरको सूटिंगताका नै पटक-पटक बिरामी हुदै आईरहेका श्रीलाई आफ्नो रोग र आयु बारे पहिले नै थाहा भएको स्रोतले बतायो । उनले आफ्नो अबस्थाबारे फिल्मकर्मी, प्रेमिका स्वेता, र आफन्त लाई ढाट्दै आइराहेका थिए । सायद यसै कारणले ‘श्री’को अन्तिम चलचित्र भए पनी दर्शकले उनको अभिनयमा निर्देशक ‘आकाश अधिकारी’को आवाज सुन्न बाध्य भए अर्थात बनाइयो । यसबाट पनी सहजै अनुमान गर्न सकिन्छ, ऊनि आफ्नो मुभीमा ‘डबिंग’ समेत गर्न नसक्ने अबस्थामा बिहेको मण्डपमा बसेका थिए । नेपाली चलचित्रका सदाबहार नायक ‘श्री’को अभिनयकला अनुरुप आकासले ‘फिलिंग’ हुने गरी आवाज दिन चुकेका छन । तर मिडियाकर्मीको धर्म भनौ वा चलाखी उनिहरुले यसबारे बाहिर कुनै समाचार ल्याइदिएनन जसकाकारण ‘श्री’ प्रति सच्चा श्रदान्जलि दिएको भने ठहरियो ।

No comments: