Monday, August 25, 2014

सभासदले राखे कुकुरलाई ‘राष्ट्रिय जनवार’ बनाउने प्रस्ताव || थापा भन्छन्-गाई त हाम्रो आहारा हो



९ भदौ, काठमाडौं । व्यवस्थापिका संसदको बैठकमा नेपालको राष्ट्रिय जनावर गाइ हटाएर कुकुरलाई बनाउने प्रस्ताव गरिएको छ ।
राष्ट्रिय जनमुक्ति पार्टीका सभासद शिवलाल थापाले गाई आदिवासी जनजातिको आहारा भएको भन्दै कसैले पनि मासु नखाने कुकुरलाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव गरेका हुन् ।
गोरखामा गाई काटेर खाने क्रममा प्रहरीसँगको झडपमा घाइते भएका ल्हाक्पा तामाङको मृत्यु भएको भन्दै थापाले संसदमा भने-’गाई हाम्रो आहारा हो । त्यसैले अब कुकुरलाई राष्ट्रिय जनावर बनाउन संविधानमा लेखौं ।’
नेपालको संविधानले राष्ट्रिय जनावरका रुपमा मानेको छ र यसको हत्या गर्नु दण्डनीय मानिन्छ ।
यसअघि अघिल्लो संविधानसभाको संवैधानिक समितिमा एमाओवादीका तत्कालीन सभासद देव गुरुङले राष्ट्रिय झण्डा फेर्ने प्रस्ताव राखेका थिए भने नेपाल सद्भावना पार्टीकी सरिता गिरीले देशको नाम फर्नु पर्ने बताएकी थिइन् ।
संसदमा विवादस्पद प्रस्ताव राखेका सभासद थापाले अनलाइनखबरसँग कुरा गर्दै आफूले राष्ट्रिय जनावर कुकुर र राष्ट्रिय पन्छी गिद्धलाई बनाउन संविधानसभामा पनि प्रस्ताव राख्ने बताए । थापाले भने-’हिन्दूहरुले गाईलाई माता मानेर पुज्छन, तर, हामी गाईलाई आफ्नो मुख्य आहारा मान्छौं । त्यसैले कुकुर, हात्ती वा गैंडालाई राष्ट्रिय जनावर बनाउँ ।’
उनले राष्ट्रिय पन्छी डाँफे आदिवासीको आहारा भएको बताए । सिनो खाएर वातावरण जोगाउने गिद्धलाई राष्ट्रिय पन्छी घोषणा गर्न आफूले प्रस्ताव लगेको उनले बताए ।

‘हिन्दूहरुको अपमान गर्न खोजेको होइन’

गाईलाई नेपाल भारत लगायत विश्वभरका हिन्दूहरुले पूजा गर्छन् । ‘तर मरेको गाईको मासु हिन्दू धर्माबलम्बी सार्कीलाई किन खान लगाइन्छ ?’ थापाले भने ‘मरेको बाख्रो खान पल्किएको बाघले जिउँदो पनि खान्छ ।’
सभासद थापाले आफ्नो उद्देश्य हिन्दूहरुको अपमान गर्नु नभएको बताउदै भने-रोल्पामा बाहुन क्षेत्रीका घरमा पनि गाईको मासु झुण्ड्याइएको हुन्छ, नपत्याए घर्तीगाउँमा जानुस्, त्यहाँ प्रहरी चौकीमा पनि गाइको मासु खान्छन् ।’
काभ्रे, भदौ ९– उग्रतारा जनागालमा तरकारी बेच्ने व्यवसाय गर्ने एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
सिन्धुली घर भएकी २२ की राधिका घिमिरे सोमबार बिहान उग्रतारा जनगालस्थित धानखेतमा मृत अवस्थामा फेला परेकी हुन् ।
पनौती माईत भएकी घिमिरे तरकारी बेच्ने काम गर्दै आएको माईती पक्षले बताएको छ । घिमिरेको हत्या उनकै श्रीमानले गरेको भन्दै माइती पक्षले जाहेरी दिएका छन् । घिमिरेको श्रीमान् नवराज विकले नै हत्या गरेको भन्दै आफन्तले प्रहरीलाई जाहेरी दिएका हुन् । नवराज अहिले फरार छन् । घिमिरेको घाँटीमा निलडाम र चोट देखिएको छ । इलाका प्रहरी कार्यलय बनेपाका अनुसार उनलाई कसैले घाँटीमा डोरीले बाँधेर हत्या गरी फालेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको छ । कोठा भन्दा २ सय मिटर परतिर धानखेत जाने बाटोमा उनको मृत शरीर भेटिएको थियो ।
स्थानीय बासीले बिहान उनको लाश देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्यारको पहिचान भइसकेपनि पक्राउ नपरेका कारण प्रहरीले हत्यारको विषयमा बताउन चाहेनन् । हामी हत्याराको नजिक पुगेका छौँ इलाका प्रहरी कार्यलयका इन्चार्ज प्रल्हाद कार्कीले बताए ।

No comments: