विगतमा समिति गठन गर्ने सहमति भएपनि अहिले त्यसको औचित्य नभएको कांग्रेस र एमालेको धारणा छ भने एकीकृत माओवादी संविधानसभा बाहिरका शक्तिलाई पनि समेटन उक्त समिति आवश्यक रहेको अडानमा छ।
असहमति
"हामीले अब राजनीतिक संयन्त्रको औचित्य छैन संविधानको अन्तर्वस्तुलाई माओवादीका बाबुराम भट्टराइ नेतृत्वको राजनीतिक संवाद समितिले नै गर्छ भन्यौं। उहाँहरु बैठक छोडेर निस्कनुभयो।"
रामचन्द्र पौडेल, उपसभापति, नेपाली कांग्रेस
बैठकमा सहभागी नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने, “हामीले अब राजनीतिक संयन्त्रको औचित्य छैन संविधानको अन्तर्वस्तुलाई माओवादीका बाबुराम भट्टराइ नेतृत्वको राजनीतिक संवाद समितिले नै गर्छ भन्यौं। उहाँहरु बैठक छोडेर निस्कनुभयो।”
संविधानसभा निर्वाचनको केही समयपछि मुख्य शक्तिहरुबीच राजनीतिक समिति बनाउनेसहित सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने, निर्वाचनमा भएको भनिएको धांधली छानविनका लागि संसदीय समिति गठन गर्ने लगायतका ४ बुंदे सहमति भएको थियो।
किनारा
"हामीले संविधानका अन्तर्वस्तुहरुमा सहमति जुटाउन सकारात्मक रुपमा अघि बढिरहेका थियौं। त्यस्तो महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्नुपर्नेमा एमाओवादीको मागले किनारा लगाउन खोजेको छ।"
भीम रावल, उपाध्यक्ष, नेकपा एमाले
तर सत्तारुढ घटकहरुले त्यसको बचाउ गर्दै समिति गठनको मागले विगतमा जस्तै संविधानसभाको भूमिकालाई ओझेलमा पार्नसक्ने तर्क गरेका छन्।
बैठकमा सहभागी एमाले उपाध्यक्ष भिम रावलले भने, “हामीले संविधानका अन्तर्वस्तुहरुमा सहमति जुटाउन सकारात्मक रुपमा अघि बढिरहेका थियौं। त्यस्तो महत्वपूर्ण सहमतिलाई कार्यान्वयन गर्नुपर्नेमा एमाओवादीको मागले किनारा लगाउन खोजेको छ।”
संविधानसभाको कार्यतालिका अनुसार भदौभित्रै संविधानका विवादित विषयलाई टुंग्याउनुपर्ने, नभए प्रक्रियामा लैजानुपर्ने भएकाले त्यसअघि दलहरुबीच देखिएको विवादले संविधान निर्माणलाई नकरात्मक प्रभाव पार्नसक्ने चिन्ता कतिपयले व्यक्त गरेका छन्।
No comments:
Post a Comment