तीजको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत दलका नेताहरुबाट शुभकामना
१२ बिहीबार काठमाडौँ:
नेपाली हिन्दू महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा राष्ट्रपति डा. रामवरण यादवले शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति यादवले तीजको पुनित अवसरमा देशभित्र र विदेशमा बस्ने सम्पूर्ण नेपाली दिदीबहिनीहरूको सुख, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना गरेका हुन्। यसैगरी नेपाली महिला दिदीबहिनीहरूप्रति उपराष्ट्रपति परमान्द झाले हरितालिका तीजको शुभकामना व्यक्त गरेका छन्।
यसैगरी प्रधानमन्त्री सुशील कोइरालाले नेपाली दिदीबहिनीहरूको सुख, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन्। यसैगरी पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका महिला दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।
त्यस्तै नेपाली काँग्रेसका उपभसापति रामचन्द्र पौडेलले हरितालिका तीजको अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नारीहरूमा सुख, शान्ति र समृद्विको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ।
यसैगरी नेकपा (माले)का महासचिव सीपी मैनालीले पनि नेपाली महिला दिदीबहिनीहरूको सुख, शान्ति, समृद्धि र समान हक प्राप्तिको हार्दिक कामना गर्नुभएको ।
No comments:
Post a Comment