तातापानी (सुर्खेत), भाद्र ८ -
मध्यरातमा घरमा बाढी पस्यो। भेरीको भेलले बगाउनुअघि नै लक्ष्मी रेग्मीले परिवारका सातै जनालाई ओभानो ठाउँमा सारिसकेकी थिइन्। अलि पर ससुराको घर थियो। साथमा आउँदा लक्ष्मी र देवरानी निर्मलाले बंगुर, गाई, गोरु र बाख्रा डोर्याएर ससुराका घरमा ल्याए। दोस्रो खेपमा कम्बल, डस्ना र कपडा ल्याए उनीहरूले। साना केटोकेटी हजुरबाकैमा बसे। अलि ठूलाहरूचाहिँ बाढीले बगाउनुअघि नै किताब झिक्न पुगे। कम्मर डुब्ने पानीमा हेलिँदै दुई खेप सामान ओसार्दा रातको तीन बजिसकेको थियो।
'पानी झन् पर्दाे र भेल झन् बढो थियो', ६४ वर्षीय वेदप्रसाद रेग्मीले त्यस रातलाई सम्झिए, 'अब जानु पर्दैन, जेजे डुब्छ, डुबोस् नानी हो भनेर रोक्न खोजेको थिएँ तर उनीहरू गए।'
'चामल र पीठो ल्याउँछौं, नत्र भरे के खाने?,' लक्ष्मी र निर्मलाले ससुरालाई जबाफ फर्काए, 'नत्र भोलि के खाने बा? हजुर बस्दै गर्नु ।'
साथमा लक्ष्मीकी जेठी छोरी १६ वर्षीया गीता, निर्मलाका १३ वर्षीय छोरा कमल, ११ वर्षकी छोरी भगवती, ९ वर्षकी दुर्गा र १० वर्षीया भान्जी पूजा जैसी पनि साथै गए।
गाउँभरि भागाभाग चलिरहेको थियो। बुढा वेदप्रसादले बुहारी र नातिनातिना सामान लिएर र्फकंदै होलान् भन्ने ठाने। उनीहरू तेस्रो खेप सामान लिन आउन्जेल भेरि बहुलाइसकेको थियो। बाटैबाट तिनलाई बगाएछ।
'बिहानसम्म नआएपछि मनमा चिसो पस्यो र तल घर हेर्न गएँ,' वेदप्रसादले आँसु पुछे, 'तर त्यहाँ त बगरैबगर थियो, गावैं बगाएछ।'
लक्ष्मी, निर्मला र तिनका छोराछोरीलाई वेदप्रसादले दुई दिनसम्म आफैं खोजे धुइँधुइँती। 'कैलालीको टीकापुरसम्म पनि पुगें हजुर,' उनले भने, 'पापी भेरीले कता लगेर घुसारिसक्यो होला, के भेटिन्थ्यो?'
घरको यो विपत्तिबाट दैलेखमा शिक्षण पेसा सम्हालिरहेका लक्ष्मीका पति पूर्णप्रसाद र सिमलामा चौकीदारी गरिरहेका निर्मलाका पति मानबहादुर बेखबर थिए। उनै वेदप्रसादले रुँदैरुँदै छोराहरूलाई विनाश लीलाको वृत्तान्त सुनाएर बोलाए। अहिले वेदप्रसादको घरमा सातै मृतकको एकसाथ किरियाकर्म चलिरहेको छ। उनलाई घरिघरि थकथक लागिरहेको छ बुहारीहरूलाई रोक्न नसकेकामा।
'नजाऊ भन्दाभन्दै गए,' उनले भने, 'बरु गिट्ठा भ्याकुर खाएर बस्थ्यौं नि, चामल र पीठोको लोभमा परिवारै सखाप भयो ।'
हजुरबा भन्दै उनलाई हमेसा पछ्याउने नातिनातिनाहरूको अनुहार हमेसा उनका आँखा अघिल्तिर नाचिरहन्छ। 'सधैं पहिलो भइरहने नाति थियो, जहिल्यै मलाई माया गर्ने नातिनी थिई,' उनी भन्छन्, 'ती आज सपनाजस्ता भए र बिलाए। भगवान्ले पनि के गरेको होला यो?'
वेदप्रसादलाई नातिनातिनीका किताब देखेर झनै छटपटी भयो।
'अब ती के काम?,' बोल्दाबोल्दै उनको बोली रोक्कियो, 'मैले आज लगेर भेरीमा बगाइदिएँ।'
रेग्मी परिवारमा मात्रै यस्तो विपत्ति परेको होइन। तातापानी, छिमेकी गाउँ, तिखाकुना, घाट घाउँ र जिल्लाका अनेक ठाउँ र बस्तीमा बाढीपहिरोले त्यस रात थुप्रैको ज्यान लियो, बस्तीका बस्ती नै बगायो। हेर्दाहेर्दै मानिस घर न घाटका भए।
प्रकाशित मिति: २०७१ भाद्र ९ १०:४८

No comments:
Post a Comment