उदयपुर, भाद्र ८ -
सदरमुकाम गाईघाटस्थित त्रियुगा नदीको पुलमा प्रहरीसँग भएको झडपमा आइतबार १३ मजदुर घाइते भएका छन्। ढुंगा, गिट्टी, बालुवा निकासीमा सरकारले लगाएको प्रतिबन्ध फुकुवा माग गर्दै मजदुरले जिल्ला बन्द आह्वान गरेका थिए। त्यस क्रममा सवारी साधनमाथि अवरोध पुर्याएको भन्दै प्रहरीले हस्तक्षेप गरेपछि झडपमा नेपाल ट्रेड युनियन (जिफन्ट) सगरमाथा अञ्चल इन्चार्ज शशि राई, बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन केन्द्रीय सदस्य माया भण्डारी र केन्द्रीय सदस्य चन्चलाल बोटसहित मजदुरहरू सुविरबहादुर बयलकोटी, एकबहादुर विक, नेत्र राई, हर्क विकलगायत घाइते भएको युनियनले जनाएको छ।
प्रकाशित मिति: २०७१ भाद्र ९ १०:४९
No comments:
Post a Comment