गुलरिया, भाद्र ८ -
गुलरिया ५ का १५ वर्षीय वीरबहादुर खत्रीका आमा र दिदी मन्सरीलाई बाढीले बगाएको १० दिन बित्यो। खोजी गर्दा नभेटिएपछि उनी किरिया बसेका छन्। 'बिहान एक्कासि उर्लंदो बाढीको भेलले कोही बगहीगाउँतिर भागे। हामी रूख र घरका छानामा चढ्यौं', उनले भने, 'बाढीले आमा चुकेन्द्र र दिदी मन्सरी रूखमा चढेको केहीबेरमै बग्नुभयो। भेटिने आशा नभएपछि किरिया बसेँ।'
बाढीबाट बच्न उनी कच्ची फुसको घरको छानामा चढे। आमा बगेलगतै उनी बसेको घरको छाना पनि बगायो। 'छानासँग म पनि बगेर रूखमा ठोक्किन लाग्दा समातेर २८ घन्टापछि स्थानीयले उद्धार गरे', किरिया बसेका वीरबहादुरले भने।
खत्रीको घरको नामोनिसान छैन। घरवरिपरि ताल बनेको छ। सबै धनसम्पत्ति बगाएपछि खत्री मामा मोहनप्रकाश गिरीको घरमा किरिया बसेका छन्। उनका बाबु धनबहादुर श्रीमती र छोरी गुमाउँदा निकै मानसिक तनावमा छन्। जीवित रहेको आशा नभएपछि किरियामा बसेको खत्रीले बताए।
खत्रीजस्तै बाढीले काली सार्कीलाई पनि बगायो। छोराछोरी बचाउँदा हराएको भदैनी कल्पना बिकले बताइन्। बालबालिकालाई रूखमै बसेकी कालिका घर्तीले बचाइन्। उनका श्रीमान् भारतमा रोजगारी गर्न गएका कारण ज्यान जोगिएको छ। आमा गुमाएका पीडितका बालबालिका नजिकको भानु निमाविमा आश्रय लिइराखेका छन्।
अबोध बालक कृष्ण आमा आमा भन्दै बेलाबेला सम्झेर रुने गरेको फुपू कल्पनाले बताइन्। आमा बेपत्ता भएको १० दिन भयो। बालकले किरिया गर्न नमिलेपछि आइतबार आफन्तले उनको कपाल फालेका छन्। बाढी गाउँ पस्दा बाबुको किरियामा बसेका गुलरिया ५, तुलसीपुरका किरियापुत्री दीपक बुढाथोकी ज्यान बचाएर स्थानीय विद्यालयमा शरण लिएका थिए।
नगरपालिकाको सबैभन्दा बढी मानवीय क्षति भएको रामपुर टापुमा बाढीले ६ जनालाई बगाएको छ। तीमध्ये बलबहादुर खत्री र मन्सरी खत्रीको शव फेला परेको प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले बताए। बाढी आउँदा गाउँका ४० जनालाई बगाएको र अधिकांश रूख चढेर र पौडी खेलेर बाँचेको स्थानीय मोहन बिकले बताए।
बबई नदी किनारमा रहेको रामपुर टापुका ४५ वटा घर बाढीले बगाएको छ। बाढीले गाउँको नामोनिसान मेटाएपछि पीडितको बास विद्यालयमा भएको हो। गाउँ बगर र तालमा परिणत भएको छ। हालसम्म २९ वटा शव फेला परेका छन्। तीमध्ये १६ को पहिचान भएको र १२ बेपत्ता रहेको प्रजिअ पौडेलले बताए।
प्रकाशित मिति: २०७१ भाद्र ९ १०:५०

No comments:
Post a Comment