Monday, August 25, 2014

गाँजासहित पक्राउ

महोत्तरी, भाद्र ८ - 
हलखोरी ५ मा डेढ क्विन्टल गाँजासहित प्रहरीले स्थानीय शिवलाल महरालाई गाँजासहित शनिबार राति पक्राउ गरेको छ। महराले भारत तस्करीका लागि गोठ घरमा लुकाइराखेको अवस्थामा प्रहरीले भेटेको हो। सीमा क्षेत्रमा लागूऔषध कारोबारीको चलखेल बढेको सूचनाका आधारमा प्रहरीले एरिया घेराबन्दी गरी तलासी लिँदा ११ वटा प्लास्टिक पोकामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गाँजाका पोका गहुँको भुसभित्रबाट बरामद गरिएको हो। महराले भने आफू गाँजा कारोबारी नभएको जिकिर गरेका छन्। उनले शुक्रबार बिहान ४ बजेतिर ११ जनाको संख्यामा आएका अज्ञात समूहले 'यो लक्ष्मी साहको माल हो,' भन्दै धम्की दिएर गाँजाका पोका राखेर गएको बयान दिए।

प्रकाशित मिति: २०७१ भाद्र ९ ११:०१

No comments: