रौतहट, भाद्र ८ -
प्रसूति गराउने क्रममा लापरबाहीले गर्भवतीको मृत्यु भएको आरोपमा मृतकका आफन्त विरोधमा उत्रेपछि प्रहरीले नर्सलाई आइतबार हिरासतमा लिएको छ। निजी क्लिनिकमा सुत्केरी गराउन आएकीलाई जबर्जस्ती चिरफार गरेपछि मृत्यु भएको आरोप आफन्तको छ। घटनापछि मृतकका आफन्तले लगातार २ दिनसम्म विरोध प्रदर्शन गरेका थिए।
चन्द्रपुर १० की सावित्री दाहाल तिमल्सिनाको शनिबार साँझ मृत्यु भएको थियो। सुत्केरी गराउने नर्स तारा कर्णलाई भने हिरासतमा लिएको इलाका प्रहरी चन्द्रनिगाहपुरका डीएसपी नेत्रमणि गिरीले जनाए। गाउँ नजिकको डुमरियास्थित प्रीति प्रसूति क्लिनिकमा गर्भ जाँच गराउन आएकी तिमल्सिनालाई बच्चा जन्मिने अवधि पूरा भएको भन्दै नर्सले जबर्जस्ती चिरफार गरेपछि मृत्यु भएको आफन्त रामचन्द्र दाहालले आरोप लगाए। उनले बिनासाधन स्रोत शल्यक्रिया गरेपछि मृत्यु भएको दाबी गरे।
मृतकका आफन्त २ दिनदेखि आन्दोलित छन्। दोषीलाई कारबाही र उचित क्षतिपूर्ति व्यवस्था नभएसम्म विरोध जारी रहने स्थानीय कृष्ण हुमागाईंले बताए। शव चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ।
प्रकाशित मिति: २०७१ भाद्र ९ ११:०२

No comments:
Post a Comment