Saturday, August 30, 2014

सबेरैको सेक्सको प्रभावले पूरै दिन राम्रो

30 August

घडी मिलाउने आफैंले हो तर सबेरै घडीको 'अर्लाम' ले धेरैलाई दिक्क पार्छ। आफ्नो बिहानी किन अर्लामको झर्कोलाग्दो धुनबाट सुरु गर्ने? मधुर यौनसंसर्गबाटै सुरु गरे हुन्न? वैज्ञानिकहरूले धेरै पहिले नै बिहानी गरिने यौनसंसर्ग स्वास्थ्यका लागि फाइदाजनक मात्र होइन, यसको प्रभावले पूरै दिन राम्रो हुने बताउँदै आएका छन्। 'बिहान सेक्स गर्नाले आनन्द उत्पन्न गराउने अक्सिटोसिन रसायन उत्पन्न गराउँछ, जसले जोडीको सम्बन्ध बलियो बनाउन सघाउँछ', 'बिकउज इट फि ल्स गुड' का लेखिका डेब्बि हरबेनिक भन्छिन्। त्यतिमात्र होइन, यस्तो सेक्सले शरीरमा रोग प्रतिरोध शक्ति बढाउनुका साथै छाला र कपाल स्वस्थ्य बनाउने रसायन पनि उत्पादन गर्छ। वुमन्स हेल्थ पत्रिकाका अनुसार बिहानीको सेक्सका फाइदा अनेक छन्। यसले सम्बन्धमा पनि सुधार ल्याउँछ। तर, यसका तरिका पनि जान्नुपर्छ। बिहानै उठाउने अर्लामको ठाउँमा मधुर संगीत लगाउन सकिन्छ। जसले कसैलाई झर्को नलागोस्। त्यसपछि तपाईं आफ्नो साथी भएतिर फर्केर विस्तारै स्पर्श गर्न उपयुक्त हुन्छ। 'औंलाहरूलाई संवेदनशील ठाउँमा उत्तिकै संवेदनशीलताका साथ लैजाने हो भने यसले रक्तसञ्चारमा समेत मद्दत गर्छ', अक्युपंचरविद् एलेक्सिस अरभिड्सन भन्छन्। योसँगै रातमा गरिने सेक्सभन्दा बिहानको प्रकाशले एकअर्कालाई पनि प्रस्ट देखिने हुँदा तपाईंको यौनक्रिया, अंगमात्र होइन, सोच पनि स्पष्ट हुने अनुसन्धानले देखाएका छन्। इमोरी विश्वविद्यालयले गरेको अनुसन्धानले योसमयको क्रियाले पुरु षभन्दा महिला बढी आनन्द अनुभूति गर्छन्।

No comments: