Sunday, August 31, 2014

ब्याडमिन्टन टोली पुणे प्रस्थान

August 31काठमाडौं/ सुशान्त चिपल्कट्टी स्मृति जुनियर ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली ब्याडमिन्टन टोली भारतको पुणे प्रस्थान गरेको छ ।

यही बुधबारबाट पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिताका लागि नेपाली टोली शनिबार नै त्यसतर्फ प्रस्थान गरेका हुन् । टोलीमा समान ३–३ पुरुष र महिला खेलाडी समावेश छन् ।

खेलाडीमा पुरुषतर्फ नवीन श्रेष्ठ, अनिश श्रेष्ठ र सुमन लिम्बू रहेका छन् । यस्तै महिलातर्फ जेशिका गुरुङ, सुनैना मुखिया र मेघा चन्द छन् ।

टोलीको प्रशिक्षकमा राजेशप्रताप शाक्य तथा व्यवस्थापकमा महेन्द्र श्रेष्ठ रहेका छन् । टोलीलाई शनिबार नै बिदाइ गरिएको थियो । टोलीलाई खेलकुद परिषद्का सदस्यसचिव युवराज लामालगायतले अबिर र खादा लगाएर बिदाइ गरेका थिए ।

No comments: