Tuesday, August 26, 2014

नातिनी बलात्कार गर्न सघाउने हजुरबाले आत्महत्या गरे

26 August 2014 18:59
Rapeकाभ्रे पनौतीका एक बालिकाले आफ्नै बाबुले पटकपटक बलात्कार गरेको र सो कार्यमा हजुरबुबाको समेत सहयोग रहेको बयान दिएपछि ७३ वर्षीय बृद्धले मंगलबार बिहान विष खाएर आत्महत्या गरेका छन् ।
पनौती २ का प्रकाश कार्कीले आफ्नै छोरीलाई ८ वर्षयता लगातार बलात्कार गर्दैआएको भन्दै छोरीको किटानी जाहेरीका आधारमा प्रहरीले सोमबार पक्राउ गरेको थियो । १९ वर्षीय किशोरीले आत्महत्याको प्रयास गरेपछि बलात्कारको घटना बाहिर आएको थियो ।
पटक पटक अनेक बहानामा बलात्कृत भएपछि आत्महत्या प्रयास गरेकी ती युवतीले प्रहरीसँग आत्महत्याको कारण खुलाएकी थिइन् ।
सुसाइट नोटमा बाउको कान्छी श्रीमती बस्नुभन्दा मर्नु बेस । मरेपछि बलात्कार गर्ने बाउ र हजुरबाउलाई मृत्युदण्डको माग गरेपछि घटना खुलेको थियो ।
पीडित युवतिले आफूमाथि बलात्कार गराउने काममा बाबुलाई आमा र हजुरबाको पनि सहयोग रहेको बयान दिएपछि बृद्धले आत्महत्या गरेका छन् ।
पीडित युवतीलाई अहिले काठमाडौंस्थित रक्षा नेपालको सेल्टरमा राखिएको छ । उनको अवस्था दयनिय र मानसिकरुपमा विक्षिप्त रहेको छ ।
छोरी बलात्कार गर्ने बाबु प्रकाशका चार श्रीमती छन् । पहिलो श्रीमतीबाट छोरा नभएपछि कार्कीले माइली काभ्रेकै, साइँली मकाउमा र कान्छी काभ्रेबाट विवाह गरेका थिए । बलात्कृत युवती माइली श्रीमतीकी जेठी सन्तान हुन् ।
- See more at: http://www.nepaljapan.com/2014/08/26/128258/#sthash.bxklSrge.dpuf

No comments: