Monday, August 25, 2014

पहिरोमा दुईको मृत्यु

बागलुङ, भाद्र ८ - 
अविरल वर्षासँगै झरेको पहिरोले बागलुङका दुई स्थानमा दुई जनाको मृत्यु भएको छ। अधिकारीचौर ४, ओख्रेनीमा शनिबार राति खसेको पहिरोले गोठमा सुतेका १९ वर्र्षीय निमबहादुर विकको घटनास्थलमै मृत्यु भएको हो। हुग्दीशिर ३ का तुलबहादुर पुनको घर शनिबार राति खसेको पहिरोले पुरिँदा १३ वर्षीय जोतिन्द्रको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शैलेन्द्र खड्काले घाइते पुनलाई उपचारका लागि स्वास्थ्य संस्थामा लैजाने क्रममा बाटोमा मृत्यु भएको हो। पहिरोले घर पूर्ण रूपमा क्षति भए पनि परिवारका अन्य सदस्य सकुशल छन्। 

प्रकाशित मिति: २०७१ भाद्र ९ १०:५४

No comments: