उद्योग मन्त्रालयका एक उच्च अधिकारीले भने निर्माण कार्य अवरुद्ध हुन नदिनका लागि व्यवसायीहरुसँग छलफल भईरहेको बताए।
सरकारले तोकेको नयाँ मापदण्ड पुरा नगर्ने क्रसर उद्योग सञ्चालनमा साउन १ गतेदेखि रोक लगाइएपछि बजारमा निर्माण सामाग्रीको अभाव देखिएको व्यवसायीहरुले बताएका छन्।
राजमार्ग र खोला किनारबाट पाँचसय मिटर र बिजुलीको हाइटेन्सन लाइनबाट एकसयमिटर परबाटमात्रै उत्खनन गर्न पाइने लगायतका सरकारी मापदण्ड हचुवाको भरमा आएको व्यवसायीहरुले आरोप लगाएका छन्।
असर
"एक दुई गाडी कसैले चोरेर ल्याउँछ। रातबिरात गरेर ल्याउँछ भने त्यो अपवाद हो। निर्माणको कार्य अहिले करीब करीब ठप्प जस्तो भएको छ। बालुवा, गिट्टी विना निर्माण कार्य हुनै सक्दैन"
केशव गौतम, उपाध्यक्ष, नेपाल निर्माण व्यवसायी महासंघ
उनले भने, ''एक दुई गाडी कसैले चोरेर ल्याउँछ। रातबिरात गरेर ल्याउँछ भने त्यो अपवाद हो। निर्माणको कार्य अहिले करीब करीब ठप्प जस्तो भएको छ। बालुवा, गिट्टी विना निर्माण कार्य हुनै सक्दैन।''
सरकारी अधिकारीहरुले भने मापदण्ड पुरा गरेका उद्योगहरुको लागि कुनै समस्या नभएको बताएका छन्।
ढुंगागिट्टी तथा बालुवा अभावमा दक्षिण एसियाली सहयोग संगठनको सम्मेलनसँग सम्बन्धित जस्ता ठूला सरकारी निर्माण कार्यनै प्रभावित हुन थालेको खबरहरु आईरहेका बेला उद्योग मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले त्यसो हुन नदिने बताए।
उनले व्यवसायीहरुले कृत्रिम अभाव सृजना गरेको पाइए कारवाही गरिने जनाए।
उनले थपे, ''तयार भएका सामाग्रीहरु पनि लुकाएर राखेको भनी सूचना हामीलाई आइरहेको अवस्था छ। त्यसबारे हामीले छानबिन गर्दैछौं। हस्तक्षेप गर्नुपर्ने अवस्था आए हस्तक्षेप गर्नुपर्ने हुन्छ।''
नवीकरण
"तयार भएका सामाग्रीहरु पनि लुकाएर राखेको भनी सूचना हामीलाई आइरहेको अवस्था छ। त्यसबारे हामीले छानबिन गर्दैछौं। हस्तक्षेप गर्नुपर्ने अवस्था आए हस्तक्षेप गर्नुपर्ने हुन्छ"
उत्तमकुमार भट्टराई, सचिव, उद्योग मन्त्रालय
तयारी ढुंगागिट्टी तथा बालुवा कहीं कतैपनि लुकाएर नराखेको क्रसर उद्योग व्यवसायी महासंघका अध्यक्ष उमेश शेरचनको भनाइ छ।
मौज्दातमा रहेका ढुंगागिट्टी तथा बालुवा बिक्री नहुनुमा पनि सरकारनै जिम्मेवार रहेको उनले आरोप लगाए।
उनले भने, ''पहिला उद्योगहरु नवीकरण गरिदिनु प-यो, अनि हामी करको रसिद काट्छौं। रसिदनै नकाटेर हामीले सामान बेच्न कसरी भन्न सक्छौं।''
आवश्यक अध्ययन नै नगरी प्रतिबन्ध लगाउने सरकारी निर्णय र खासगरी विदेश निकासीमा केन्द्रित भई ढुंगागिट्टी तथा बालुवा संकलन गर्ने क्रसर व्यवसायीहरुका कारण अहिलेको समस्या सृजना भएको कतिपयको भनाइ छ।
No comments:
Post a Comment