Wednesday, August 27, 2014

पहिरोमा पुरिएर एकै परिवारका तीनको मृत्‍यु, एक बेपत्ता


११ बुधबार सिन्‍धुपाल्‍चोक:

नुवाकोटको सीमानामा पर्ने सिन्‍धुपाल्‍चोकको महाङ्‌काल गाविस-६ मा पहिरोले घर पुर्दा एकै परिवारका तीन जनाको मृत्‍यु भएको छ। राति १ बजे सुतिरहेको अवस्थामा पहिरो जाँदा उनीहरुको मृत्‍यु भएको हो। मृत्‍यु हुनेमा ३२ वर्षीय दिल बहादुर तामाङ, उनकी १३ वर्षीया छोरी इलिसा तामाङ र ४ वर्षीया छोरा प्रशान्त तामाङ रहेका छन्। पहिरोमा पुरिएर दिल बहादुरको बुवा मान बहादुर तामाङ बेपत्ता भएका छन् भने श्रीमती मोती तामाङ घाइते भएकी छन्। घाइते मोलतीलाई उपचाका लागि मेलम्ची बजारमा ल्याएको छ। दिल बहादुर नुवपाकोटमा पठाउने शिक्षक हुन। पहिरो गएको ठाउँमा उद्धारका लागि नेपाली सेना, सशस्‍त्र प्रहरी पुगेका छन। पहिरो गएको स्थान मेलम्चीबाट १६ किलोमिटर टाढा पर्छ।

No comments: