Tuesday, August 26, 2014

अदालतको फैसलाबाट फरार अभियुक्त पक्राउ

धनगढी: अदालतको फैसलाबाट विभिन्न मुद्दामा दोषी ठहर भई हालसम्म फरार रहेकालाई प्रहरीले सोमबार पक्राउ गरेको छ। प्रहरीको क्षेत्रीय अपराध अनुसन्धान तथा नियन्त्रण सहयोग टोलीले कैलाली जिल्ला अदालतबाट विसं २०६५ मा करकाप मुद्दामा जरिवानाको सजाय पाई फरार रहेका धनगढी नगरपालिकाका प्रेमबहादुर बम, पार्वतीदेवी बम, लोकबहादुर बम, दीलबहादुर बम र सरस्वतीदेवी बमलाई पक्राउ गरेको टोली प्रमुख प्रहरी निरीक्षक मनोहरप्रसाद भट्टले बताए।
यसैगरी भवितव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट विसं २०६९ मा जरिवानाको सजाय पाइ फरार रहेका धनगढी नगरपालिका–११ का घुम्मन राना र जालसाज मुद्दामा विसं २०५८ मा सजाय पाई फरार धनगढी नगरपालिका–१० का सुकदेव रानालाई समेत पक्राउ गरिएको छ।
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमार्फत कैलाली जिल्ला अदालतमा बुझाइएको छ। यसैगरी प्रहरी टोलीले टीकापुर नगरपालिका–९ बसविसौनी नजिकबाट भारतबाट भन्सार छली ल्याएको बेवारिसे अवस्थाको करिब रु एक लाख १८ हजार मूल्य बराबरको व्यापारिक मालसामान बरामद गरी कैलाली भन्सार कार्यालयमा बुझाएको छ। रासस

No comments: