दमक, भाद्र ८ -
झापा, चन्द्रगढीकी गंगा सिवाकोटी सुन्न सक्दिनन्। कन्काई उच्च माविको कक्षा १० मा पढ्छिन्। कक्षा ६ देखि यही अध्ययनरत उनलाई डेराको समस्या छ। चार वर्षमा उनी आठ ठाउँ डेरा सरिन्। सुस्तश्रवण भन्ने थाहा पाए भरसक डेरा नदिने, दिए केही दिनमै छाड्न भन्ने गरेकाले उनलाई समस्या परेको हो।
'घरधनीले हेला गर्छन्,' उनको सांकेतिक भनाइ दोभाषे शिला देवकोटाले सुनाइन्, 'शारीरिक रूपले हामी उसै पनि कमजोर त्यसमाथि डेरामा हुने विभेदले मनस्थिति पनि बिगार्दोरहेछ।' उदयपुरमा अपांगलाई पढाउने कक्षामै प्राथमिक तह छिचोलेका जितेन्द्र दर्नालले केही वर्ष पढाइ छाडे। फेरि सुन्न सक्नेहरूसँगै बसेर कक्षा ६ र ७ सके। दुई वर्षदेखि उनी कन्काई उमाविमा छन्। दर्नाल भन्छन्, 'सुस्तश्रवण भएका विद्यार्थीका समस्यै समस्या। बस्न समस्या, संवाद गर्न समस्या पढ्न समस्या, आर्थिक समस्या, घर परिवारबाट हेरचाहको समस्या।'
सर्लाहीको भक्तिपुरबाट आएकी रश्मि कार्की दुइटा कुराले तनावमा छिन्। पहिलो उनलाई अभिभावकले बेवास्ता गरेका छन्। खर्च नपठाएर समस्या झेल्दैछिन्। अरूजस्तै कार्की पनि डेरा सर्दैमा हैरान। 'बाआमाले पनि वास्ता नगर्ने, विद्यालयमा छात्रावास छैन, गाउँका घरधनीले हेला गर्छन्,' उनले भनिन्, 'स्कुलमा पढ्न पनि मुस्किल छ। थोरै संकेतमा धेरै कुरा बुझ्नुपर्छ।' दोस्रो, विद्यालयमा पढाएको कुरा बुझ्न गाह्रो हुन्छ। अपांगता भएका विद्यार्थीलाई छात्रावास नहुँदा ठूलै समस्या हुन्छ। सरकारले प्राथमिक तहका लागिमात्र आवास व्यवस्था गरेकाले निमावि र मावि तह पढ्ने विद्यार्थी अप्ठ्यारोमा छन्। विद्यार्थीका अनुसार घरधनीले भरसक डेरा दिन नमान्ने, दिइहाले पनि दोहोरो कुरा नबुझ्दा बेलाबेला झगडा नै हुने गरेको छ। 'घरधनीले हप्काउने, हेला गर्ने, शौचालय जान पनि अन्तिमसम्म आफैंले पालो पर्खनुुपर्ने अवस्था छ,' एक विद्यार्थीले भने, 'कोठामा साथी लैजान पनि दिँदैनन्।'
बहिरा विद्यार्थीका शिक्षक नवराज भट्टराईका अनुसार अपांगता भएका विद्यार्थी समूहमा बस्न चाहन्छन्। एक्लै बस्दा असुरक्षित महसुस गरेर भरसक भाषा बुझ्ने वा आफूजस्तै साथीको रोजाइमा हुन्छन्। डेरा लिएर बस्दा समूहमा बस्न पाउने सम्भावना हुँदैन। 'सरकारले अपांगता भएका विद्यार्थीको समस्या महसुस नै गरेको छैन् ,' भट्टराई भन्छन्, 'कम्तीमा अपांगलाई विद्यालयको हातामा नै आवास व्यवस्था हुनुपर्छ। उनीहरूलाई भान्छे र कपडा धोइदिने सहयोगी पनि सरकारले व्यवस्था गरिदिनुपर्छ।'
दुर्गा उमावि गरामुनीमा दृष्टिविहीन विद्यार्थी पढ्छन्। उनीहरूलाई आवास व्यवस्था त छ तर स्रोत नहुँदा सुविधा दिन गाह्रो परेको छ। शिक्षक धर्मेन्द्र भट्टराईका अनुसार सरकारले मासिक दिने २ हजार ५ सयले गर्जो टार्न हम्मे छ। बसाइबाहेक पढ्नको समस्या उस्तै छ। यहाँ कक्षा १० मा पढ्ने विद्यार्थी सागर अधिकारी भन्छन्, 'सवलांगसँगै राखेर पढाउँदा बुझ्नै मुस्किल छ,' उनी भन्छन्, 'हामीले सुनेर कुरा बुझ्ने हो तर गणित, विज्ञानजस्ता प्राविधिक विषय छिचोल्न हामीलाई मुस्किल छ। दृष्टिविहीनलाई अलग्गै राखेर पढाउने व्यवस्था हुँदामात्र अरूसँग प्रतिस्पर्धा गर्न सक्छौं।' सुस्तश्रवण पढाइ हुने कन्काई नगरपालिका घैलाडुब्बाको लक्ष्मीपुर निमाविका प्रअ केशव ओझाका अनुसार अभिभावकको बेवास्ताले कतिपय नानीहरू निस्ताउने र पढाइमा मन नदिने गरेका छन्। 'हाम्रो विद्यालयमा पढ्ने २ सय ११ विद्यार्थीमध्ये अधिकांश जिल्ला बाहिरका छन्। केही अभिभावक पर्वमा पनि लिन आउँदैनन्,' ओझाले भने, 'यही कारण उनीहरूले आफू परिवारको बोझ भएको महसुसमात्र गर्दैनन्, चाडपर्वको कुरा चल्नेबित्तिकै आफूलाई लिन आउँदैनन् भन्ने त्रासले पिरोलिन्छ।'
सुस्तश्रवण विद्यार्थीलाई कक्षाकोठामा अरू समस्या छन्। उनीहरूका लागि शब्दको अभावले धेरै कुरा बुझाउन नसकिनेे शिक्षक गोपाल तामाङले बताए। मुस्किलले अहिले सांकेतिक भाषाका ४ हजार शब्द भएको र तिनको हिज्जे उस्तै भएकाले नेपाली विषयमा सुस्तश्रवणले लेखेको कुरा अशुद्ध हुने गर्छ। 'यता सामाजिक विषयमा नयाँ परिवेशलाई बुझाउनुपर्ने हुन्छ,' तामाङले भने, 'सांकेतिक शब्द नै नभएपछि कसरी बुझाउने?'
अपांगता भएकाको अनुगमन गर्ने निकाय लेखाजोखा केन्द्र झापाकी संयोजक लुना सिवाकोटीका अनुसार यस्ता विद्यार्थीले उचित वातावरण नपाउँदा मनस्थितिमा हीनताबोध भएर पढाइमा रुचि नगर्ने अवस्था छ। 'सरकारले अपांगता भएकालाई एकै ठाउँ राखेर आवाससहित पढाउने व्यवस्था गरेमात्र उनीहरू मैत्रीपूर्ण वातावरणमा सिक्न सक्दछन्,' ओलीले भनिन्। कन्काई उमाविकी दोभाषे शिला देवकोटाका अनुसार अपांगता भएका विद्यार्थीका घरमा पनि स्कुलमा पनि उत्तिकै समस्या छन्। समस्याको तनाव व्यवस्थापन गर्न नसक्दा उनीहरू पढाइमा अब्बल हुन सक्दैनन्। 'विद्यालयमा आवास भएमात्र उनीहरूको सम्बोधन हुन सक्छ,' देवकोटाले भनिन्, 'दोभाषे भएकाले अपांगता भएकाले भोगेका समस्या महसुस गर्न सक्छु। हामी सपांगले यस्ता समस्या कल्पनै गर्न सक्दैनौं।'
सिवाकोटीका अनुसार मोहनमाया मावि, हिमाली निमावि र कन्काई उमावि र मंगलमय उमावि लखनपुरमा सुस्तश्रवण भएका, सरस्वती उमावि दमक र दुर्गा उमावि गरामुनी दृष्टिविहीन, विराट निमावि बिर्तामोड र ताराबारी निमावि दमकमा सुस्तमनस्थिति भएकालाई पढाउने व्यवस्था गरिएको छ। जिल्लामा २ सय ४० अपांगता भएका विद्यार्थी पढिरहेको शिक्षाले जनाएको छ।
शिक्षा अधिकारी अम्बिकाप्रसाद रेग्मीका अनुसार कन्काई उमाविमा अपांगता भएका विद्यार्थीलाई आवास व्यवस्था गर्न २ करोडको इस्टिमेटसहितको दुईतले भवन माग गरेर शिक्षा विभागमा पठाइएको छ। 'अपांगता भएका विद्यार्थीका समस्याको महसुस गरे पनि सरकारी नीति बाहिर गएर केही गर्न सकिएको छैन,' रेग्मीले भने, 'अपांगमैत्री शैक्षिक वातावरणका लागि प्रयासरत छौं।'
प्रकाशित मिति: २०७१ भाद्र ९ १०:५९

No comments:
Post a Comment