Wednesday, August 27, 2014

पहिरोमा चारको मृत्यु, तीज मनाउन आएकी छोरीको परिवारै पुरियो

बुधबार ११ भाद्र, २०७१

सिन्धुपाल्चोक—

महांकाल गाविस-६ बोल्देमा दिलबहादुर तामाङको घर गए राति पहिरोले पुर्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा ३२ वर्षीय दिलबहादुर तामाङ, मानबहादुर तामाङ, १३ वर्षकी छोरी एलिसा र छोरा प्रशान्त छन्। घरमाथिको ढिस्को खसेर विद्यालय शिक्षक दिलबहादुरको घर पुरेको हो। राति १ बजेतिर आएको पहिरोमा पुरिएर गम्भीर घाइते भएकी दिलबहादुरकी श्रीमती मोतीलाई उपचारका लागि मेलम्ची ल्याइँदैछ। तीज मनाउन आएकी छोरीको परिवारै पुरियो पर्वतमा गएको पहिरोले तीज मनाउन आएकी छोरीको परिवारलाई पुरेको छ। पर्वतको कुश्मा नगरपालिका १८ पकुवा हरिलाल चापगाईको घर बिहान ७ बजे पहिरोले पुरिँदा उनकी श्रीमती पुतली, तीजमा माइत आएकी छोरी जमुना र जमुनाका छोरा र छोरीलाई पहिरोले पुरेको हो। घटनास्थलमा रहेका जिल्ला प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठले दिएको जानकारी पुतलीको सकुशल उद्धार भएको छ। उनी सामान्य घाइते छिन्। छोरी जमुना र उनका छोराछोरीलाई अझै फेला पार्न नसकिएको उनले जानकारी दिए।सिन्धुपाल्चोक—नुवाकोटसँग सीमा जोडिएको महांकाल-६ मा गएराति १ बजे गएको पहिरोमा परी एकै परिवारका ३जनाको मृत्यु भएको छ। अर्का एक बेपत्ता छन्।

No comments: