सेयर कब्जा गर्दै ठूला लगानीकर्ता
११ बुधबार
काठमाडौं : ठूला लगानीकर्ताले सानासँग भएका सेयरको भाउ उच्च मूल्यले घटाएर किन्दै कर्नरिङ (सीमित व्यक्तिको कब्जामा) गर्न थालेका छन्। बजार तल झरेपछि साना लगानीकर्ता निकै डराएका छन्। सानाले जति भाउ पाए पनि बिक्री गर्न थालेका र सोही सस्ता सेयर बजारका केही सीमित ठूला खेलाडीले किनिरहेको ब्रोकरले बताएका छन्।
दैनिक कारोबार रकम उच्च हुनुले बजारमा सेयरको माग अधिक रहेको पुष्टि हुन्छ। मंगलबार नेप्से परिसूचक २५.९८ अंकले तल झर्दा ५१ करोड ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो। सोमबार पनि ४४ करोड आठ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको थियो। लगातार दोहोरो अंकले नेप्से तल झर्दा ५१ करोडभन्दा बढीको सेयर किन्ने हिम्मत साना र नयाँ लगानीकर्ताको नभएको बजारको अग्रपंक्ति (फ्रन्ट लाइन)मा बसेर सेयर किनबेच गर्ने ब्रोकरहरू बताउँछन्।
स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष नरेन्द्रराज सिंजापति ठूला लगानीकर्ताले सेयर बिक्री गरेको अहिलेसम्म आफ्नो जानकारीमा नआएको बताउँछन्। 'साना डराएर सस्तो मूल्यमा बिक्री गरिरहेका छन् भने ठूलाले सस्तो मूल्यको सोही सेयर किनेका छन्', उनले भने, 'दैनिक कारोबार रकम ५२ करोड हाराहारीमा हुनुले पनि बजार निकट भविष्यमा बढ्छ। यसकारण आत्तिएर सेयर बिक्री गर्नु हुँदैन।' ठूला लगानीकर्ताले सेयर बिक्री नगरेकाले बजार बढ्ने निश्चित भएको उनको दाबी छ।
गत साउन ३ मा १०८३ अंक पुगेको नेप्से करिब एक महिनाको अवधिमा एक सय ५८ अंकले घटिसकेको छ। यसबीचमा बिक्री गर्ने अधिकांश साना र नयाँ लगानीकर्ता नै रहेका छन्।
गत साउन ३ मा १,०८३ अंक पुगेको नेप्से करिब एक महिनाको अवधिमा एक सय ५८ अंकले घटिसकेको छ। यसबीचमा बिक्री गर्ने अधिकांश साना र नयाँ लगानीकर्ता नै रहेका छन्। छोटो अवधिमा नेप्से उच्च अंकले घटेकाले अब छिटै बढ्न थाल्ने नेपाल इन्भेस्टर्स फोरमले जानकारी दिएको छ।
बजारमा अहिले नै बियरिस प्रवृत्ति सुरु भएको हल्ला फैलाएर भाउ घटाउने काम भइरहेको एक लगानीकर्ताले बताए। राष्ट्र बैंकले गत साता जारी गरेको निर्देशनको गलत व्याख्या गरी सानालाई तर्साउने गिरोह सक्रिय भएको साना लगानीकर्ता विष्णु उप्रेतीले बताए।
नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष राजकुमार तिमिल्सनाले ठूला लगानीकर्ताले सेयर बिक्री नगरेको जानकारी दिए। 'साना धेरै डराउँदा ठूलाले सस्तो भाउमा किन्न पाएका छन्', उनले भने। घटेका बेला साना र भर्खर बजारमा प्रवेश गरेका लगानीकर्ता निकै डराएका छन्।
भाउ अझै तल जान सक्ने मनोवैज्ञानिक त्रास साना लगानीकर्तामा देखिएको छ। 'साना डराएका बेला किनेर बजारलाई धेरै तल जानबाट रोक्ने दायित्व पनि ठूला लगानीकर्ताकै हो', उनले भने।
नेपाल राष्ट्र बैंकले गत साता जारी गरेको निर्देशनको गलत व्याख्या गरी सेयर बजारमा चलखेल सुरु भएको हो। सेयर बजारका केही ठूला खेलाडीले राष्ट्र बैंकको निर्देशनले अब बजार क्र्यास हुन्छ भन्दै हल्ला फैलाउन थालेपछि साना लगानीकर्ताले आत्तिएर सेयर बिक्री गर्न थालेका हुन्।
लगानीकर्ता, सेयर बजारका विश्लेषकले अहिलेको अवस्थामा बजार अस्वाभाविकरूपमा घट्नुपर्ने कारण नभएको बताएका छन्। पुँजी बजारसँग प्रत्यक्ष सरोकार राख्ने ब्याजदर, तरलतालगायतको पक्ष निकै सहज देखिएको छ। सूचीकृत कम्पनीको नाफा पनि बढेको छ।
पुँजी बजार विश्लेषक रवीन्द्र भट्टराइले नेप्से परिसूचकको अबको टेवा ९१९ र योभन्दा तल झरेमा ९१२ सम्म पुग्ने बताए। बजारको प्राविधिक विश्लेषणका आधारमा तल झर्दा ९१२ सम्म पुग्ने सक्ने उनले जानकारी दिएका हुन्।
No comments:
Post a Comment