काठमाडौ, भाद्र ८ -
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्बन्धनमा अनियमितता भएको आशंकामा तीन शैक्षिक निकायमा आइतबार छापा मारी ठूलो परिमाणमा कागजात नियन्त्रणमा लिएको छ। अख्तियारको टोलीले त्रिभुवन विश्वविद्यालय, उच्च माध्यमिक शिक्षा परिषद् तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कागजात नियन्त्रणमा लिएको हो।
अख्तियारले ५५ जना कर्मचारी खटाएर त्रिविका विभिन्न संकाय एवं विभागबाट कागजात नियन्त्रणमा लिएको छ। परिषद् र सीटीईभीटीबाट पनि ५ वर्षयता भएका सम्बन्धनका अधिकांश कागजात नियन्त्रणमा लिइएको छ। 'पूर्वाधार नपुगेका कलेजहरूलाई आर्थिक चलखेलका आधारमा सम्बन्धन दिएकोबारे अत्यधिक उजुरी परेपछि छानबिनका लागि कागजात ल्याइएको हो,' अख्तियारका एक अधिकृतले भने। ती निकायको सम्बन्धनबाहेकका अन्य अनियमिततामा पनि छानबिन हुने अख्तियारले जनायो।
त्रिभुवन विश्वविद्यालयमा बजेट परिचालन, निर्माण तथा पूर्वाधारमा परिचालन भएको रकम दुरुपयोगबारे पनि उजुरी परेको छ। सीटीईभीटीमा विभिन्न नर्सिङ कलेजको सम्बन्धनमा आर्थिक चलखेल भएको उजुरी परेको छ। परिषद्मा उत्तरपुस्तिका सम्परीक्षणका क्रममा मनोमानी अंक दिएको उजुरीको छानबिन हुने भएको छ। तर छानबिन हुन लागेको आशंकामा परिषद्का केही कर्मचारीले उत्तरपुस्तिका धुल्याउने प्रयास भएको अख्तियार स्रोतले बतायो।
यसैबीच, अख्तियारले मध्यपश्चिम विश्वविद्यालयका १४ जना पदाधिकारीलाई आइतबार पक्राउ गरेको छ। उपकुलपति पदमलाल देवकोटा, रजिस्ट्रार ठकेन्द्रप्रकाश गिरी, सेवा आयोग अध्यक्ष नवराज कँडेल, सदस्य रामप्रसाद उपाध्याय, विज्ञान डिन केशर सिं राना, मानविकी तथा सामाजिक डिन पीताम्बर ढकाल, व्यवस्थापन डिन मस्तबहादुर गरन्जा, शिक्षा डिन लालमणि आचार्य, उपप्राध्यापकहरू गणेश रावत, सुधन गौली, अनुगमन अधिकृत पारसमणि गिरी, सहायक प्रशासक जीवन थापा, गगन सिंह, वरिष्ठ सहायक गणेशबहादुर केसी पक्राउ परेका हुन्। उनीहरू सबै राजधानीमा पक्राउ परे। इन्जिनियरिङका डिन रामचन्द्र अर्याल र लेखा नियन्त्रक कमल केसी फरार रहेको अख्तियारले जनायो।
प्रकाशित मिति: २०७१ भाद्र ९ १०:२१

No comments:
Post a Comment