‘गत वर्ष अनुगमनका क्रममा चार हजार आठ सयभन्दा धेरैलाई कारबाही गरिएको छ,' विभागका महानिर्देशक विश्वबाबु पुडासैलीले भने, ‘यीमध्ये चार हजार एक सय ५६ लाई सामान्य जरिवाना गरिएको छ। ६ सय ६७ लाई दुई हजार रुपैयाँ जरिवाना गरिएको छ।
सामान्यभन्दा धेरै गल्ती गर्ने वा ग्राहक ठग्नेलाई विभागले दुई हजार जरिवाना लिने गरेको छ। ‘मिटर बिगारेर धेरै पैसा असुल्ने, रातको समयमा तोकेको भाडामा डेढी लिने ट्याक्सीलाई दुई हजार जरिवाना गरिन्छ,' महानिर्देशक पुडासैनीले भने, ‘यस्ता गम्भीर अपराध गर्ने ट्याक्सी ६ सय ६७ छन्।'
बजार अनुगमनका क्रममा चार हजार एक सय ५६ टयाक्सीलाई जरिवाना गरिएको अभिलेख विभागसँग छ। समयमा ट्याक्सी नवीकरण नगर्ने, तोकिएभन्दा धेरै पैसा असुल्नेलाई विभागले जरिवाना गर्छ।
यस आर्थिक वर्षमा दुई ट्याक्सीको मिटर नै जफत गरिएको छ भने चार हजार एक सय ७४ लाई रिसिल गरिएको छ। मिटर बिग्रेर वा राम्रोसँग काम नगरेर आफैं विभागका आएपछि रिसिल गरिन्छ।
उपत्यकामा ट्याक्सीले गर्ने ठगी गम्भीर समस्याका रुपमा रहेको उपभोक्ता हित संरक्षण मञ्चका कोषाध्यक्ष बाबुराम हुमागाईंले बताए। ‘सिन्डिकेट गर्ने, धेरै पैसा असुल्ने र भनेको ठाउँमा नजाने जस्ता समस्या हरेक उपभोक्तले झेलिरहेका छन्,' हुमागाईंले भने।
उपत्यकामा नजानिँदो पारामा ट्याक्सीवालाले सिन्डिकेट गरिरहेको हुमागाईंले बताए। धेरै भीडभाड हुने ठाउँमा १०/१२ वटा ट्याक्सी मिलेर सिन्डिकेट गर्ने र उनीहरूले भनेको मूल्यमा जान बाध्य पार्ने उनले बताए। ‘हस्पिटल, बसपार्क, भीडभाड हुने चोकमा यो समस्या धेरै छ,' हुमागाईंले भने, ‘मैले नै यस्ता समस्या धेरै भागेको छु।'
ट्याक्सीवालाले मिटरमा जान नखोज्ने, भनेको ठाउँमा नजाने, छोटो बाटो नजाने जस्ता समस्या पनि रहेको उनले बताए। ग्राहकले पनि कति लिनुहुन्छ भनेर सोध्न नहुने उनको सुझाव छ।
सरकारी निकायबाट कारबाहीको संख्या जति धेरै देखाए पनि समस्या समाधन हुन नसकेको उनको गुनासो छ। ‘जति कारबाही गरिएको तथ्यांक भए पनि त्यसले बजारमा सुधार ल्याएको छैन,' हुमागाईंले भने, ‘सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन हुन सकेको छैन।'
गत आर्थिक वर्षमा काठमाडौं उपत्यकामा ६ हजार एक सय ३८ ट्याक्सी नवीकरण भएका छन्। काठमाडौं उपत्यकामा झण्डै सात हजार ट्याक्सी छन्। यातायात विभागले उपत्यकामा नयाँ ट्याक्सी दर्ता रोकेको छ।
विभागको तथ्यांकअनुसार गत वर्ष दुई हजार तीन सय २५ ट्याक्सीको नामसारी भएको छ। त्यस्तै, एक ट्याक्सीले नयाँ इजाजतपत्र पाएको विभागको तथ्यांकमा उल्लेख छ।
गत आर्थिक वर्षमा विभागले उपत्यकाका ट्याक्सीबाट २६ लाख ६३ हजार आठ सय १० रुपैयाँ राजस्व संकलन गरेको छ। नवीकरण शुल्क र कारबाहीबाट उक्त रकम संकलन भएको हो। कारबाहीका क्रममा झन्डै १५ लाख राजस्व संकलन भएको पुडासैनीले बताए।

No comments:
Post a Comment