Tuesday, August 26, 2014

सङ्खुवासभामा भाइरल ज्वरोको प्रकोप

 26 August 2014 19:35
सङ्खुवासभाका स्वास्थ्य संस्थाहरुमा यतिबेला भाइरल ज्वरोको प्रकोप बढेपछि स्वास्थ्यकर्मीहरुलाई बिरामीको उपचार गर्न भ्याइनभ्याई भएको छ ।
तीन दिनयतादेखि चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रलगायत जिल्लाका स्वास्थ्य संस्थाहरुमा क्षमताभन्दा बढी बिरामीको चाप बढेपछि रातदिन स्वास्थ्यकर्मीहरु काममा खटेका छन् । दूषित पानीका कारण विशेष गरेर भाइरल ज्वरो, टाइफाइड, निमोनियाजस्ता रोगबाट पीडितहरु स्वास्थ्य संस्थामा उपचारका आउने क्रम हालैका दिन बढेको छ ।
चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा मात्र अघिल्लो दिन सोमबार बिहान ४ बजेदेखि बेलुकी अबेरसम्म २०० बढी बिरामी उपचार गरिएको थियो । चार दिनअघिदेखि आजसम्म एक हजारभन्दा बढी बिरामीको उपचार गरिसकिएको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरले जनाएको छ ।
यसैगरी जिल्लाका विभिन्न स्थानमा रहेका स्वास्थ्य केन्द्रमा समेत यस किसिमका बिरामी छिटफुट रुपमा देखापरेको जिल्ला जनस्वास्थ्य कार्यालय सङ्खुवासभाले जनाएको छ ।

No comments: