Sunday, September 7, 2014

एमाओवादी जानु भूल भन्दै खनालले बनाए एकता मञ्च

September6
काठमाडौं । एमाओवादीका पूर्व नेता कार्यकर्ताहरुले डिल्लीराज खनालको नेतृत्वमा राष्ट्रिय प्रगतिशील एकता मञ्च गठन गरेका छन् । अर्थविद खनाल एमालेबाट एमाओवादीमा प्रवेश गरेका थिए ।
तर, बिराटनगर सम्मेलनमा सहभागी नभएका उनी पछिल्लो समय निश्क्रिय थिए ।

 ‘मलाई एमालेमा के कमी थियो र’ खनालले घटना र बिचार.कमसँग भने- ‘क्रान्तिकारी शक्ति भनेर गइयो तर, होइन रहेछ ।
राजनीतिमा त्यो मेरो ठूलो भूल थियो ।’ एमाओवादी सिमित व्यक्तिको स्वार्थमा चलेको खनालको आरोप छ । वापमन्थी, प्रगतिशील एकताको पक्षमा भन्दै खनालको नेतृत्वमा १०१ सदस्यीय आयोजक समिति गठन गरिएको छ । खनालले आफ्नो पक्षमा एमाओवादीमा असन्तुष्ट ठूलो संख्यामा युवाहरु रहेको दावी गरे ।

No comments: