Saturday, September 6, 2014

पीटीए सम्झौताको प्रति जलाउने ४७ दलको घोषणा

September 5
काठमाडौं । नेकपा-माओवादीसहितका ४७ दलले भारतसँग भएको उर्जा व्यापार सम्झौताको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बैद्य माओवादीको कार्यालय बुद्धनगरमा शनिबार बसेको बैठकले राष्ट्रिय हित विपरीत पीटीए सम्झौता गरेको आरोप लगाएको छ ।

साथै माथिल्लो कर्णाली परियोजना सम्बन्धी पिडिए सम्झौताको तयारीकामे विरोध गरेको छ । ४७ दलले भदौ २४ गते सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुमा विरोध प्रदर्शनसहित विरोध पत्र दिने कार्यक्रम बनाएको छ ।

साथै भदौ २७ गते काठमाडौंमा सिंहदरबारको दक्षिण गेटमा तथा अन्य जिल्लामा प्रमुख जिल्ला अधिकारीको कार्यालयमा धर्ना दिने र पीटीए सम्झौताको प्रति जलाउने घोषणा गरेका छन् ।
सरकारले केही दिनअघि मात्र भारतसँग प्रारम्भीक चरणको पीटीए सम्झौता गरेको छ भने दुई देशको मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि अन्तिम सम्झौता हुनेछ ।

No comments: