Thursday, September 4, 2014

वेस्टर्न युनियनको एघारौं विजेता अनिता नेम्वाङ

September 4
काठमाडौं । वेस्टर्न युनियनको साप्ताहिक पैसा दोब्बर योजनाको एघारौं विजेता अनिता नेम्वाङ भएकी छिन् । बेलडागी झापा निवासी नेम्बाङले यसै हप्ता रेमिटेन्स प्राप्त गरेकी थिइन् ।Western-Union लक्की ड्र मार्फत गरिएको बिजेता छनौटमा वेस्टर्न यूनियन मार्फत यस हप्ता रकम प्राप्त गर्ने सबै ग्राहकलाई समावेश गरेको कम्पनीले जनाएको छ । कम्पनीले हरेक हप्ता वेस्टर्न युनियनको एमटीसीएन कोडबाट लक्की ड्र गरेर ग्राहकहरुलाई आफुले पाएको रकम बराबरकै रकम दोब्बर गर्ने अवसर दिन्छ । जसमा ग्राहकले अधिकतम ५० हजार रुपैयाँ वा आफुले पाएको रकममध्ये जुन कम हुन्छ त्यही उपहारमा प्रदान गर्छ । २० हप्तासम्म चल्ने यस प्रर्वद्धनात्मक योजनाभर हरेक हप्ता अधिकतम ५० हजार रुपैयाँका दरले कुल १० लाख रुपैयाँ जित्न सकिने बताइएको छ ।

No comments: