September 4
| बालुवटारमा बसेको चार दलको बैठकमा सहभागि नेताहरु तस्बिर /रासस घटना र बिचार.कम |
८ सदस्यीय कार्यदल गठन बैठकले सभाको कार्यविधि र एजेण्डा तगर्न कार्यदल बनाएको छ । कार्यदलले संविधानका अन्तरवस्तु र मोडालिटी दुबैबारे सहमति जुटाएर चार दलको बैठकमा प्रतिवेदन पेश गर्नेछ । कार्यदलमा कांग्रेसबाट महामन्त्री कृष्ण सिटौला र कानूनमन्त्री नरहरि आचार्य रहेका छन् । एमालेबाट उपाध्यक्ष भीम रावल र अग्नि खरेल छन् भने एमाओवादीबाट महासचिव कृष्णबहादुर महरा र खिमलाल देवकोटा कार्यदलमा छन् । नेकपा-माओवादीका तर्फबाटसचिव देव गुरुङ र प्रवक्ता पम्फा भुसाल छन् । ‘कार्यदलले बनाएको सहमतिको प्रस्तावलाई चार दलमा पेश गरिन्छ र सोही अनुरुप सर्वपक्षीय राजनीतिक सभा गरिनेछ’ एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले घटना र बिचार.कमसँग भने-’कार्यदललाई ४/५ दिनभित्र काम सक्न भनिएको छ ।’
सभाको मितिबारे गम्भीर विवाद
यद्यपि ‘राष्ट्रिय राजनीतिक सभा’ कहिले गर्ने भन्नेमा दलहरुबीच सहमति हुन बाँकी छ । स्रोतका अनुसार कांग्रेस र एमालेले भदौ २६ मै गर्ने प्रस्ताव गरेका थिए । तर, वैद्य माओवादीले असोज ४ गतेको प्रस्ताव गरेको थियो, जसलाई एमाओवादीले समर्थन गरेको थियो । सभाको मितिबारे शुक्रबार बस्ने चार दलका शीर्ष नेताहरुको बैठकले टुङ्गो लगाउने बताइएको छ । राजनीतिक सभाको मितिका विषयमा चार दलवीच बालुवाटारमा करिब एक घण्टा विवाद चर्किएको बैठकमा सहभागी एक नेताले बताए । कांग्रेस र एमालेले भदौभित्रै सम्मेलन गर्ने प्रस्तावमा जोड दिएका थिए । भदौ मसान्तभित्रै राजनीतिक सम्मेलन गर्ने र त्यहाँ सहमति नजुटे सिधै संविधानसभामा मतदानको प्रक्रियामा जाने कांग्रेस एमालेको रणनीति देखिन्थ्यो । तर, यो रणनीति बुझेका दुई माओवादीले राजनीतिक सभालाई असोज ४ वा ५ गते गर्ने प्रस्ताव राखेका थिए । भदौ मसान्तभित्रै सम्मेलन गर्दा संविधानसभाको कार्यतालिका परिवर्तन गर्नुपर्दैन ।
No comments:
Post a Comment