Thursday, September 4, 2014

‘मेरी कोम’को रिलिज र सुनिल थापाको प्रभाव

September 4
शुक्रबारबाट विश्वभर बलिउड चलचित्र ‘मेरी कोम’ प्रदर्शनमा आउँदैछ । बलिउडकी चर्चित नायिका पि्रयंका चोपडाले अभिनय गरेकाले यो सिनेमाको चर्चा भारत र अन्य देशमा होला । तर यसपटक भने यो सिनेमाको चर्चा नेपालमा हुनुको कारण अर्कै छ ।priyanka-and-sunil-thapa नेपाली सिनेमा क्षेत्रका चर्चित कलाकार सुनिल थापा यो चलचित्रमा मुख्य भूमिकामा छन् । जसका कारण पनि ‘मेरी कोम’को व्यापारालाई नेपालमा महत्वका साथ हेरिएको छ । संजय लीला भन्सालीको निर्माणमा तयार भएको यो सिनेमालाई नेपालमा वितरक सुनिल मानन्धरले किनेका हुन् । सुनिलका अनुसार सुनिल थापा भएकै कारण ‘मेरी कोम’ले नेपालमा ८० बढी हल पाएको छ । नेपाली सिनेमामा सफल अभिनय पश्चात बलिउडमा फेरि फर्केका कलाकार सुनिल थापा यस चलचित्रमा नायिका चोपडाको गुरुको भूमिकामा छन् । जसका कारण पनि उनको चर्चा यतिबेला भारतीय संचारमाध्यममा चुलिएको छ । सिनेमाको सफलताले सुनिलको करिअरमा निक्कै ठूलो अर्थ राख्छ । नेपालमा सुनिल थापाले नायिका पि्रयंका चोपडाको तुलनामा ज्यादा दर्शक आकषिर्त गर्ने विश्वास गरिएको छ ।

No comments: