एजेन्सी/
हलिउडका सयभन्दा बढी अभिनेत्री, गायक र सेलिब्रेटी ह्याकिङको सिकार भएका
छन् । उनीहरूको निजी नग्न तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिएको छ । त्यसमा
ओस्कार अवार्ड जितिसकेकी अभिनेत्री जेनिफर लरेन्स, पपगायिका रिहाना र टिभी
स्टार किम कार्दसियनलगायतका छन् ।
नायिका लरेन्सले यस घटनाले आफ्नो
गोप्यताको अधिकार हनन भएको बताउँदै आफू कानुनी कारबाहीमा अघि बढ्ने बताएकी
छिन् । यो विषय सार्वजनिक हुनेबित्तिकै ट्विटरले यस्तो तस्बिर पोस्ट गर्ने
एकाउन्ट बन्द गरिदिएको छ ।
यस्तो हर्कतको सिकार हुनेमा हिलेरी डफ,
जेनी म्याककार्थी, केली कुको, केट अपटन, केट बोसवार्थ, केके पाल्मर, एभ्रिल
लेभिग्नेलगायतका छन् । यसरी नग्न फोटो सार्वजनिक गर्ने ह्याकरसँग जेनिफरको
६० भन्दा बढी नग्न फोटो रहेको बताइएको छ ।
तथापि ती फोटा सक्कली हुन् या नक्कली
भन्ने प्रमाणित भइसकेका भने छैनन् । यो सेलिब्रेटीसँग जोडिएको सबैभन्दा
ठूलो ह्याकिङ भएको बताइएको छ ।
No comments:
Post a Comment