Tuesday, September 2, 2014

प्रेस सोमा कथा तिम्रो मेरो

September 2 काठमाडौं
 शुक्रबारदेखि प्रदर्शन भएको फिल्म यो कथा हो तिम्रो मेरोको आइतबार प्रेस सो गरिएको छ । ओम प्रतीकको निर्देशनमा बनेको फिल्म प्रेमकथामा आधारित छ ।
film timro mero
प्रेस सोमा सञ्चारकर्मीले यो कथा हो तिम्रो मेरो मनपरेको प्रतिक्रिया दिए । राजधानी र मोफसलका हलमा प्रदर्शन भइरहेको फिल्ममा सुमन सिंह, गणेश उप्रेती, ओम प्रतीक, रूप राना, रवि कार्की, रिस्ता बस्नेत, यादव पुडासैनीलगायतले अभिनय गरेका छन् ।
निर्देशक प्रतीक आफैँले लेखेको फिल्ममा विकास चौधरीको संगीत र रामजी लामिछानेको पाश्र्व संगीत छ । सुरेश बज्राचार्यले खिचेको फिल्मको निर्मातामा रमेश प्रजापति, राम बुढाथोकीलगायत छन् ।

No comments: