उमेरमै
आँखा कमजोर हुनु अहिलेको समस्या हो । यसको मुख्य कारण हो– आँखाको राम्रो
हेरचाह नगर्नु । आँखा निकै संवेदनशील अंग हो, जसलाई स्वस्थ राख्न सही
हेरचाह हुनु आवश्यक छ । प्रस्तुत टिप्सले आँखाको हेरचाहमा ठूलो मद्दत गर्न
सक्छ :
- सबैभन्दा पहिले दुवै हात एक–आपसमा रगड्नुहोस् र तुरुन्तै आँखामा राख्नुहोस् । केही समयपछि आँखा खोल्नुहोस् । आँखामा जोड पर्ने काम गर्नेका लागि यो निकै राम्रो व्यायाम हो । यो जुनसुकै वेला पनि गर्न सकिन्छ ।
- तीन/चार सेकेन्डसम्म आँखा झिम्क्याउनुहोस् र तुरुन्तै आँखा बन्द गर्नुहोस् । त्यसको केही सेकेन्डपछि खोल्नुहोस् । त्यसले तपाईँ आराम महसुस गर्न सक्नुहुन्छ । दैनिक भ्रामरी वा अनुलोम–विलोम प्राणायाम गर्नाले पनि दृष्टिशक्ति बढ्नेछ र तपाईँ चस्माबाट मुक्त हुन सक्नुहुनेछ ।
- तपाईँ राम्ररी देख्नुहुन्छ र पढ्न समस्या छैन भने पनि वर्षको एकपटक आँखाको जाँच गराउनुहोस् । आँखाको अवस्था थाहा पाउन र स्वस्थ राख्न यसले मद्दत गर्नेछ ।
- हरेक बिहान आँखाको व्यायाम गर्नुहोस् । बिहान आँखा बन्द गरेर ध्यान गर्नुहोस् । हरियो सागसब्जी बढीभन्दा बढी खानुहोस् । बिहान नांगो गोडा दुबो या घाँस भएको स्थानमा हिँड्नुहोस् । यसले आँखाको तेज बढाउन निकै मद्दत गर्छ ।
- आँखाको ज्योतिका लागि पालुंगोको साग निकै लाभदायी हुन्छ । आँखामा हुने तनाव कम गर्न पालुंगोको सागले निकै राहत प्रदान गर्छ । बदाम खानाले पनि आँखाका लागि फाइदा गर्छ । आँखाको स्वस्थका लागि गाँजर, आरु, आरुबखडा आदि फलको सेवन निकै फलदायी हुन्छ ।
No comments:
Post a Comment